बाल विवाह गर्ने पक्राउ
२४ जेष्ठ २०७८, सोमबार १२:४७
सुनसरी। जिल्ला प्रहरी कार्यालय, सुनसरीले बाल विवाह गर्ने गराउनेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जेठ २२ गते रातको समयमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ३ स्थित रामनारायण मण्डलकको घरमा निजको नाबालक छोरी बर्ष १७ कि सबिता कुमारी मण्डलको बाल बिवाह भईरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले विवाह मण्डपवाट वेहुला, वेहुलाको वुवा र लमीको काम गर्ने समेत तीन जनालाई पक्राउ गरिएको हो ।
प्रहरीले रामनारायण मण्डलको छोरी सबिता कुमारी मण्डल र इनरुवा नगरपालिका वडा नं. ४ कानारायण मण्डलको छोरा २४ वर्षिय भरत मण्डल बीच बिवाह कार्य भई रहेको, बिवाहको स्वयवर लगायतको अन्य रीतिरिवाज कार्य सम्पन्न भएतापनि बेहुलाले बेहुलीलाई सिन्दुर हल्ने कार्य बाँकी रहेको, तत्काल बेहुला भरत मण्डल लगायत बेहुलीको बुबा रामलाल मण्डल र बिवाहको परिपञ्च मिलाउने लमि भनि बुझिएका जिल्ला सुनसरी ईनरुवा नगरपालिका वडा नं. ८ बस्ने सुरेन्द्र मेहतालाई बिवाहको मण्डपबाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को बिवाह सम्बन्धी कसुरको दफा १७३ बमोजिम कारवाही प्रकृया शुरु गरिएको प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार सम्मानित सुनसरी जिल्ला अदालतमा तीनै जना पेश हुदाँ सात दिनको म्याद थप गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया