बलात्कार आरोपित दुई पक्राउ – Nagarikabhiyan : National News

बलात्कार आरोपित दुई पक्राउ

धरानमा ५६ वर्षीया महिलालाई बलात्कार(जबर्जस्ती करणी) गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका ११ आँपगाछीचोकका ५२ वर्षीय बले भनिने बलबहादुर थापालाई गिरफतार गरेको छ । सुस्त मनस्थितिकी महिलालाई जेठ १७ गते बलात्कार गरेको आरोप थापालाई गिरफतार गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । थापालाई गिरफतार गरेलगत्तै सुनसरी जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इप्रका धरानले जनाएको छ ।
एता इटहरीमा नौ वर्षिया बालिकालाई बलात्कार गर्ने सुनसरीको इटहरी उपमहानगरपालिका ३ स्थित सुनौलो बस्ति घर भएका गाइने भनिने ६७ वर्षिय भागिराज दमाईलाई गिरफतार गरिएको छ । इटहरीकी एक ९ वर्षीया शारीरिक तथा मानसिक अपाङ्गता भएकी बालिकालाई जबर्जस्ति करणी गरेको आरोपमा ६७ वर्षीय दमाईलाई गिरफतार गरेको इलाका प्रहरी कार्यालय इटहरीका सूचना अधिकारी प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिनुभयो । उहाँका अनुसार अभियुक्त दमाईले जेठ १८ गते अपराहन्न ४ः३० बजे पीडित बालिकाको कोठामै गएर करणी गर्दै गरेको अवस्थामा छिमेकीले फेला पारेका थिए । बालिकालाई जबर्जस्ति करणी गरी फरार भएका दमाईलाई स्थानीयको सूचनाका आधारमा प्रहरीले जेठ १९ गते बिहान ८ः०० बजे इटहरी ३ स्थित धरधरे भन्ने स्थानमा लुकेर बसेको अवस्थामा गिरफता गरेको इनिस्पेक्टर कट्वालको भनाइ छ ।
दमाईलाई सुनसरी जिल्ला अदालतबाट जबर्जस्ति करणी मुद्दामा म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १९ गते इटहरी अस्पतालमा गरिएको छ । बाबुको मृत्यु भई आमाले समेत दोस्रो विवाह गरेकोमा पीडित बालिका इटहरीस्थित फूपुको घरमा बस्दै आएको प्रहरीको भनाई छ ।