कोरोनाको लागि उपयोगी गुर्जोका यस्ता छन् फाइदै फाइदा अवश्य सबैले जानिराखौ – Nagarikabhiyan : National News

कोरोनाको लागि उपयोगी गुर्जोका यस्ता छन् फाइदै फाइदा अवश्य सबैले जानिराखौ

काठमाडौं । कोरोनाभाइरसको संक्रमण देखिन थालेपछि पछिल्लो समय बहुऔषधीय गुण भएको गुर्जोको खोजी हुन थालेको छ । कोरोनाभाइरसको त्रासकाबीच गुमनाम गुर्जोको एकाएक चर्चा हुनथालेपछि घरघरमा रोप्न थालिएको छ ।प्रतिरोध क्षमता बढाउन सहयोग पुर्याउने गुर्जोको शहर बजारमा पनि निकै माग भइरहेको छ । आयुर्वेदिक चिकित्सकहरुले पनि रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् ।यसको लहरा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गर्ने गरिन्छ ।फाइदा के छ ?
शीतल गुण भएको गुर्जोको सेवनले गर्मीबाट टाउको दुखेको, आखा पिसाब, पैताला हात खुट्टा र जीउ पोलेको र पुरानो ज्वरोलाई निको पार्न सहयोग पुर्याउछ । त्यस्तै युरिक एसिड तथा वाथ र जोर्नी दुखाइको समस्याहरुको लागि लाभकारी मानिन्छ ।