स्वास्थ्य मन्त्रालयका प्रवक्ताबाट जागेश्वर गौतम हटे, प्रवक्ताको जिम्मेवारी समीर अधिकारीलाई – Nagarikabhiyan : National News

स्वास्थ्य मन्त्रालयका प्रवक्ताबाट जागेश्वर गौतम हटे, प्रवक्ताको जिम्मेवारी समीर अधिकारीलाई

वीर अस्पताल (कोभिड-१९) अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा जागेश्वर गौतम नियुक्त भएका छन् ।मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीका अनुसार मन्त्रीस्तरीय निर्णयबाट डा. गौतमलाई उक्त पदमा नियुक्त गरिएको हो । आफूले पूर्णकालिनरुपमा उक्त पद सम्हाल्न लागेको गौतमले जानकारी दिए । गौतम यसअघि मन्त्रालयका प्रवक्ता थिए । गौतमको जिम्मेवारी फेरिएसँगै प्रवक्ताको जिम्मेवारी सह-प्रवक्ता डा. समीर अधिकारीले सम्हाल्नेछन् ।