इनरुवा अस्पताल सुनसरीलाई चार थान अक्सिजन सिलिण्डर हस्तान्तरण – Nagarikabhiyan : National News

इनरुवा अस्पताल सुनसरीलाई चार थान अक्सिजन सिलिण्डर हस्तान्तरण

कोरोना महामारीको बीचमा अक्जिन अभाव खड्किएको बेला पूर्वराज्यमन्त्री, नेकपा एमालेकी नेतृ तथा फरवार्ड माइक्रो फाइनान्स दुहबी सुनसरीकी अध्यक्ष भगवती चौधरीले इनरुवा अस्पताल सुनसरीलाई चार थान अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नुभएको छ ।

चौधरीले इनरुवा अस्पतालका प्रशासन प्रमुख लोकेन्द्र आचार्यलाई चार थान ठूला ४७ लीटरबाला अक्सिजन सिलिंडर हस्तान्तरण गर्नुभयो । उहाँले आफनो सानो सहयोगले कसैको ज्यान जोखिन्छ की भनेर सहयोग गरेको बताउनुभयो । अक्सिजन सिलिण्डर हस्तान्तरण गर्दै चौधरीले ‘फाइनासले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर कोभिडको महामारीको

समयमा संक्रमितको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको बताउनुभयो । फरवार्ड माइक्रो फाइनान्सकी अध्यक्ष चौधरीले केही दिन अगाडी विपि प्रतिष्ठान धरानलाई ५० थान, कोशी प्रादेशिक अस्पताललाई ९ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिसक्नु भएकोे छ ।