बराहक्षेत्रको तीन वडा वडा सिल र गढीको भमरी पनि सिल – Nagarikabhiyan : National News

बराहक्षेत्रको तीन वडा वडा सिल र गढीको भमरी पनि सिल

सुनसरीको गढी गाउँपालिका २ भमरी बजार पनि सिल गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्री प्रसाद यादवका अनुसार भमरी बजार क्षेत्रमा कोरोना संक्रमितहरु बढेकाले उतरमा स्वास्थ्य चौकी, दक्षिणमा प्रहरी चौकी हुदै गढी बनसम्म, पूर्वमा सीमारिया सिमा र पश्चिममा थाहाला खोला पुलसम्म सिल गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्लाको निर्णय अनुसार पालिकाले आवश्यक स्थानमा सिल गरिएको यादवले बताउनुभयो ।

यसैबीच । सुनसरीको विभिन्न पालिकामा कोराना संक्रमण नरोकिएपछि वडा तथा गाउँ शिल गर्ने क्रम बढेको छ । यसैक्रममा सुनसरीको बराहक्षेत्र नगरपालिकाको वार्ड नं. २, ६ र १० एक हप्ताको लागि सील गरिएको छ । नगर कार्यालयमा बसेको ११ वटै वार्डका अध्यक्ष, प्रहरी, स्वास्थकर्मीको सहभागी बैठकले पूर्ण निषेधाज्ञा लागु गरेको हो । बैठकले सम्बन्धित वार्डमा बिरामी र स्वास्थ वाहेक केही हिंडडुल गर्न नपाउने निर्णय गरिएको वार्ड नं. २ का अध्यक्ष हरिकृष्ण भट्टराईले बताउनुभयो । यता डाक्टरमा कोरोना पोजेटिभ देखिएपछि वार्ड नं. स्थित प्राथमिक स्वास्थ्य केन्द्र अनश्चित समयको लागि बन्द भएको छ । जेठ २ गते गरिएको पिसीआर जांचमा दुई डाक्टर सहित ३ संक्रमित भएको केन्द्रका प्रबन्ध निर्देशक डाक्टर अनिल गिरीले बताउनुभयो । अर्को सूचना नआएसम्म आकस्मिक बाहेक सबै सेवा बन्द रहने बताउनुभयो । नपामा कोरोना संक्रमण दर बढेर १ सय ९७ पुगेको छ । नपामा कोरोना वाट २८ पुरुष सहित ४१ जना निको भएका छन् , निको हुनेमा १३ महिला छन् । महामारीले वार्ड नं. २,५,७,१० र११ का ४ महिला र ३ पुरुषको निधन भएको, नगरका जन स्वास्थ्य निरीक्षक उमेश मेहताले बताउनुभयो ।