बीजी हस्पिटल आईसोलेशन केन्द्रको रुपमा संचालन – Nagarikabhiyan : National News

बीजी हस्पिटल आईसोलेशन केन्द्रको रुपमा संचालन

सुनसरीको हरिनगर गाउँपालिकाको रामनगर भुटाहामा रहेको बीजी हस्पिटलमा आईसोलेशन केन्द्रको रुपमा संचालन गरिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना रोकथाम नियन्त्रण गर्नका लागि काम गर्नुका साथै सनिबारदेखी बीजी हस्पिटलमा आईसोलेशन केन्द्रको रुपमा संचालनमा ल्याएको गाउँपालिकाका उपाध्यक्ष रिमझिमकुमारी भगतले जानकारी दिनुभयो ।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार मियाँ अन्सारीले सिमामा खटिएका सुरक्षाकर्मी तथा सामाजिक अगुवाहरु सरोकारवालाहरुसंगको छलफल पनि कोरोनाबाट बच्नका लागि समाजिक दुरी कायम गर्दै अनिवार्य मास्कको प्रयोग गर्न, अनावश्यक भिड भाड नगर्न आग्रह गर्नुभएको छ । वहाँले धार्मिक कार्य प्रार्थना, पुजाआजा, नमाज लगायत कार्यमा २५ जना भन्दा बढि भिडभाड नगर्न ,तोकिएको मापदण्डको पूर्ण पालना गर्न अनुरोध गर्नुभएको छ । वहाँका अनुसार भुटाहा स्थित भुटाहा जेनरल हस्पिटललाई गत वर्ष झैं शनिवार देखी पूनःआईसोलेशन केन्द्रको रुपमा संचालन गरीएको छ । बजारको हकमा बिहान ८ बजे देखि ११ बजे सम्मका लागि हाट बजार तथा आवश्यक खाद्यान्न वस्तु लगायतका समानहरु खरीद बिक्रि गर्न पाउने जनाएको छ ।