अझै केहिदिन हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना
३ बैशाख २०७८, शुक्रबार ११:४०
काठमाडौं । अझै दुईदिन हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाद्धारा जारी बुलेटिनमा प्रदेश १ र प्रदेश सातमा यसको बढी प्रभाव पर्ने उल्लेख गरिएको छ ।
महाशाखाले प्रिमनसुन आज र भोलि हुने भएकाले यसको प्रभावले अपराह्नपछि हावाहुरी चल्ने, चट्याङ पर्ने र हल्का वर्षा हुने बताएको छ । यसको बढी प्रभाव प्रदेश १ र ७ मा देखिने छ । बाँकी प्रदेशका पहाडी भागहरु समेत प्रभावित हुने छ ।
हावा हुरी र चट्याङले मानवीय क्षतिसमेत पुर्याउन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
विहीबार बेलुकीपख काठमाडौं उपत्यकासहितका केही जिल्लाहरुमा पनि हावाहुरी चलेको थियो । चट्याङसमेत पर्दा भोजपुर, बागलुङ र स्याङ्जामा एक(एक जना गरी तीन जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया