के तपाई खुट्टा खप्टाएर बस्नु हुन्छ ? यस्ताे हुन सक्छ ! – Nagarikabhiyan : National News

के तपाई खुट्टा खप्टाएर बस्नु हुन्छ ? यस्ताे हुन सक्छ !

प्रायजसो मानिसहरुको बस्दा खुट्टा खप्टाएर बस्ने बानी हुन्छ । कैयौं व्यक्तिहरु खुट्टा खप्ट्याएर बस्न सजिलो मान्छन् । तर, यसरी बस्दा शरिरको प्राकृतिक संरचना कायम रहँदैन जसको कारण स्वास्थ्य समस्या आउन सक्छ । पटक-पटक अनि लामो समय यस्तो पोजिसनमा बस्दा स्वास्थ्यमा गम्भीर असर पुग्छ।

के हुन्छ खुट्टा खप्ट्याएर बस्दा ?

-लामो समय खुट्टा खप्ट्याएर बस्दा शरिर आफ्नो प्राकृतिक संरचनामा रहँदैन । यसले ढाड दुख्ने समस्या बढ्छ । खुट्टाको नशामा दबाव पर्छ । यसले खुट्टातर्फ जाने रक्तसञ्चारमा बाधा पुग्छ। जसले मुटुलाई दबाब पार्छ।

-यसरी बस्दा पेल्बिक बोनमा समस्या बढ्छ।

-खुट्टा खप्ट्याए बस्दा खुट्टामा हुने ‘ (माकुराको जालो झै फैलिएका नशा) मा रगत जम्मा हुन थाल्छ । जसले गर्दा खुट्टा दुख्ने अनि सुन्निने समस्या हुन्छ।