भारतकाे छत्तिसगढकाे सबै भन्दा ठिलाे अस्पतामा जतातै काेराेन संक्रमितकाे शव – Nagarikabhiyan : National News

भारतकाे छत्तिसगढकाे सबै भन्दा ठिलाे अस्पतामा जतातै काेराेन संक्रमितकाे शव

भारतमा काेराेनाकाे दाेस्राे लहर सुरू भएसंगै प्रत्येक दिन एक लाख ५० हजार भन्दा बढी नयाँ काेराेना संक्रमणका घटनाहरू पुष्टि भइरहकाे छ ।  काेराेना संक्रमणकाे संख्यामा भइरहेकाे बृद्धिसंगै संक्रमपत मृतककाे संख्यामा पनि बृद्धि भइरहकाे छ ।

भारतकाे छत्तिसगढ राज्यकाे राजधानी रामपुरमा काेराेनाकाे बढ्दाे संक्रमणका घटनाहरूसंगै मृत्युदरमा बृद्धि हुँदा त्यँहाकाे सबै भन्दा ठूलाे अस्पतालमा शव व्यावस्थापनमा समस्या देखिन थालेकाे  भारतीय सञ्चारमाध्यमले जनाएकाे छ ।

डा. भिम राव अंबेडकर मेमाेरीयल अस्पतामा काेराेना संक्रमित मृत्युकाे संख्यामा बृद्धि भएसंगै शव व्यवस्थापनमा समस्या देखिन थालेकाे हाे ।

समचारका अनुसार अस्पतालकाे शव गृह पूर्ण रूपमा भरिएपछि अस्पताल परिसर स्टेचर देखी फर्शमा  यत्रतत्र शव देखिन थालेकाे छ ।  अस्पतालमा रहेकाे अधिकांश शवहरू काेराेना संक्रमितकाे रहकाे  बताइएकाे छ ।

अस्पतामा काेराेना संक्रमित विरामीकाे अत्याधिक मात्रामा भएकाेले आइसीयू र अक्सीजन भएका बेडहरू पूर्ण रूपमा भरिएकाे अस्पताका एक कर्मचारीलाई उद्ध्रीत गर्दै समचारमा उल्लेख गरिएकाे छ  ।

समचारमा अस्पतालका एक डाक्टरकाे भनाइ उद्ध्रीत गर्दै  संक्रमितहरूमा कुनै लक्षण बिनै एकदमै चाडाे   बिरामीकाे स्वास्थ अवस्था बिग्रिरहकाे बताइएकाे छ ।

एउटै अस्पतालबाट प्रत्येक दिन ५५ काेराेना संक्रमितकाे शव दाहसंस्कार गरिदै आएकाे समचारमा उल्लेख गरिएकाे छ ।