राष्ट्रपतिले झलनाथलाई भनिन्ः तपाई पार्टीको सबैभन्दा वरिष्ठ नेता हो, एकताको लागि पहल गर्नुहोस् – Nagarikabhiyan : National News

राष्ट्रपतिले झलनाथलाई भनिन्ः तपाई पार्टीको सबैभन्दा वरिष्ठ नेता हो, एकताको लागि पहल गर्नुहोस्

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेभित्रको अन्तरसंघर्ष उत्कर्षमा पुगेका बेला वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन्। शनिबार खनाल निवास डल्लु पुगेर राष्ट्रपति भण्डारीले खनालसँग झण्डै डेढ घण्टा छलफल गरेकी थिइन्।

खनाललाई भेट्नुभन्दा राष्ट्रपति भण्डारीले डल्लुमै इतिहासविद डा. महेशराज पन्तलाई भेटेकी राष्ट्रपति खनालको स्वास्थ्य अवस्था बुझ्ने पुगेकी हुन्। राजनीतिक सन्देशको लागि राष्ट्रपति भण्डारी खनाल निवास पुगेको श्रोतको दावी छ।

‘एमालेभित्रको विवाद मिलाउन राष्ट्रपतिले सक्रियता देखाउनुभएको होला। एमालेका समकालिन नेतामा सबैभन्दा वरिष्ठ नेता खनालनै हो,’ खनाल निकट एक नेताले भने, ‘राष्ट्रपतिले समेत वरिष्ठ नेताले भूमिका खेल्न आग्रह गर्नुभएको छ। जवाफमा खनालले राष्ट्रको अभिभावकले कुनै पनि पार्टीको आन्तरिक मामिलामा चासो राख्न नमिल्ने भन्दै आफूले एमालेको एकतानै चाहेको बताउनुभएको छ।’

आफूले सबै पार्टीभित्रको एकता चाहेको भन्दै राष्ट्रपति भण्डारीले एमालेबाटै आफू राष्ट्रपति भएकाले अझै बढी चासो हुने बताएकी थिइन्। उनले एमालेभित्रको कलहले आफू चिन्तित बनेको समेत बताएकी थिइन्।

कुनै बेला एमाले कार्यकर्ता अनि नेता हुँदै राष्ट्रपति बनेको भए पनि तटस्थ भूमिका खेल्नुपर्नेतर्फ खनालले सचेत गराएका थिए भने आफ्ना ठाउँबाट एमालेको एकताका लागि भूमिका खेल्नसमेत भनेका थिए।

‘एकीकृत कम्युनिष्ट पार्टी बचाउन सकिएन। दुई तिहाइ बहुमतको संसद विघटन गरियो। दुई तिहाइको सरकार जोगाउन सकिएन,’ खनालको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘हामी समस्यामा छौँ। हाम्रो पार्टी र माओवादी एकतालाई सर्वोच्च अदातलते भंग गरिदियो। अलग भएको एमाले पनि अब एक नहुने हो कि, भन्ने चिन्ता लागिरहेको छ।’ खबर मुकाम