सरकारसँग बन्दीहरु रिहाइको माग गर्दै आन्दोलनरत पक्ष वार्तामा – Nagarikabhiyan : National News

सरकारसँग बन्दीहरु रिहाइको माग गर्दै आन्दोलनरत पक्ष वार्तामा

काठमाडौं ।  सरकारले रेशम चौधरी लगायतका बन्दीहरु रिहाइको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता शुरु गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा गठन भएको ३ सदस्यीय वार्ता टोली र आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहट÷थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिबीच आज पहिलो चरणको वार्ता भएको छ ।

समितिले सरकारसगँ चौधरीको रिहाईसहित विभिन्न १९ बुँदे माग राखेको छ । उक्त मागबारे छलफल गर्नका लागि आज पहिलो चरणको  वार्ता भएको हो ।