शिक्षण संस्था ४ दिन बन्द हुने तर परीक्षा चल्ने
१६ चैत्र २०७७, सोमबार १६:५८
काठमाडौं । वायु प्रदूषण बढेपछि शिक्षण संस्था ४ दिन बन्द गर्ने सरकारले निर्णय गरेको छ ।
वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए । बैठकले आज मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको हो ।
शिक्षण संस्था बन्द भए तापनि परीक्षा भने सञ्चाल हुने भएको छ । ‘पूर्वनिर्धारित कार्यतालिकाअनुसार परीक्षा सञ्चालन गरिरहेका विश्वविद्यालयहरू तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरूले सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरू संचालन गर्न सक्नेछन्,’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया