पर्सामा २ जना जुवाडे पक्राउ – Nagarikabhiyan : National News

पर्सामा २ जना जुवाडे पक्राउ

काठमाडौं । पर्साको बहुदरमाइ नगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा  ९ बिश्रामपुर टोलबाट २१ हजार २ सय ६० रुपैयाँ र तीन बुक ताससहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

जुवा  खेल्दै गरेको अवस्थामा सोही स्थानका  ४० वर्षका उमेश राउत कुर्मी  र  ३० वर्षका लालबाबु प्रसादलाई  प्रहरीले पक्राउ गरेका हुन् ।         पक्राउ गरेको हो।

 

बिश्रामपुर टोल बस्ने बेचु साहको मसुरोबारीमा जुवा खेलाइरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले घेरा हाल्ने क्रममा दुई जनालाई पक्राउ गर्न सफल भएको तथा ७ जना जुवाडेहरु फरार भएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

 

फरार भएका जुवाडेहरुको पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको खनालले बताए। पक्राउ परेका दुई जनालाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकताविरुद्धको कसुर ( जुवा) मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए।