कोशी माविको विव्यस अध्यक्षमा यादव
७ चैत्र २०७७, शनिबार १९:०६
इनरुवा । सुनसरीको कोशी गाउँपालिका वार्ड नं. २ को पश्चिम कुशाहाको कोशी माविमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
विद्यालयका अभिभावकबाट र वुद्धिजीवि सहितको क्षेत्रबाट चयन भएका सदस्यहरु मध्ये विष्णुदेव यादवको अध्यक्षतामा विद्यालय व्यावस्थापन गठन भएको हो ।
विद्यालयमा केही समय देखी समिति विहीन हुँदा शैक्षिक गुणस्तर शैक्षिक गतिविधिमा असर परेकोमा त्यसलाई परिपुर्ति गर्न नयाँ समितिले काम गर्ने नव नियुक्त अध्यक्ष यादवले बताउनुभयो । समितिको सदस्यहरुमा विद्यानन्द साह, विशेश्वर उराँव, फुलकुमारी शर्मा, मन्जुदेवी यादव, भायादेवी उराँव, पदेन सदस्यमा वडा अध्यक्ष द्रोपती साह, सदस्य सचिव प्रधानाध्यापक कन्चन कुमारी यादव रहनुभएको छ । अध्यक्ष यादव पूर्व शिक्षक भएकाले शिक्षाप्रेमीको तर्फबाट समिति सदस्यमा ल्याएको र सर्वसहमतीमा चयन हुनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया