पहाडी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना
४ चैत्र २०७७, बुधबार ०८:५३
काठमाण्डौं । आज देशका केही पहाडी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।मौसमविद् शान्ति कडेलका अनुसार आज दिउँसो पछि केही पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ ।
मौसमविद्ले कडेलका अनुसार पहाडी क्षेत्रबाहेकका ठाउँमा भने मौसम सफा नै रहने छ । काठमाण्डौं उपत्यकासहित केही पहाडी ठाउँको मौसम अहिले पनि आंशिक बद्ली भएको छ।
प्रि मनसुनको समय भएकाले चट्याङ र हावाहुरीको जोखिम हुने भएकाले विशेषगरी खेतबारीमा काम गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया