आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा गर्नेहरुको घुइँचो
२७ फाल्गुन २०७७, बिहीबार १०:३७
काठमाडौं । आज शिवरात्रिको दिन बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा गर्नेहरुको घुइँचो छन् । आज बिहान चार बजे नै पशुपतिका चारवटै ढोका खुल्ला गरिएका थिए ।
यस वर्ष ८ लाखभन्दा बढी दर्शनार्थीले मात्र पशुपति दर्शन गर्ने अनुमान गरिएको छ । विगत वर्षमा शिवरात्रिका दिन १० लाखभन्दा बढीले दर्शन गर्ने गरेका थिए । पूजा गर्नका लागि श्रद्धालुहरु झिसमिसेमै लाइनमा बसेका छन् । लाइनमा बसेका सबैलाई जतिसक्दो छिटो र सहज रुपमा पूजा गर्ने व्यवस्था मिलाइएको छ ।
महाशिवरात्री पर्व मनाउन नेपाल र भारतका थुप्रै साधुसन्त र नागाबाबा पशुपति क्षेत्रमा आएका छन्। मन्दिर क्षेत्रमा कुनै पनि खालका अपराध हुन नदिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया