अध्यक्ष अन्सारीद्वारा ४ कोठे विद्यालय भवनको शिलान्यास
२६ फाल्गुन २०७७, बुधबार १५:५०
अजमल अन्सारी । इनरुवा २६ फाल्गुन, बुधबार हरिनगर गाउँपालिका वडा न. ३ गाैतमपुर स्थित श्री जनता माध्यमिक विद्यालयमा २ तल्ले ४ काेठेको भवन निर्माणको शिलान्यास गरिएको छ । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले एक कार्यक्रमका बिच भवनको शिलान्यास गर्नुभएको हो । ४ कोठे भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष अन्सारीले विद्यालयको बृद्धि विकास र शैक्षिक गुणस्तरमा कुनै किसिमको लापरबाही नगर्न विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिनुभएको छ । साथै उहाँले उक्त भवनको निर्माणले विद्यालयको भौतिक पुर्वाधार विकास हुने र यसले विद्यालयको पठनपाठनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो। हरेक पक्षको विकासमा पहिलो मेरुदण्ड शिक्षा भएको बताउदै गाउँपालिकाले युग सुहाउँदो गुणस्तरीय शिक्षामा जोड दिएको बताए । हरेक योजनाको लगत अनुसार गुणस्तरीय काम सम्पन्न हुनुपर्ने बताउदै जनता मा वि मा निर्माण हुन लागेको भवन समयमै सम्पन्न गर्नको लागि निर्माण समितिलाई आग्रह गरेका छन् । गाउँपालिकाबाट विनियोजित ५७ लाखको लागतमा उक्त ४ कोठे भवन निर्माण हुन लागेको हरिनगर गाउँपालिकाका शिक्षा अधिकृत गुणराज ढकालले जानकारी दिएका छन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, उपाध्यक्ष रिमझिम भगत, शिक्षा अधिकृत गुणराज ढकाल , हरिनगर गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष अरविन्द मेहता , वडा सदस्य शिवनारायण मेहता , बिद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक, अभिभावक संघका पदाधिकारीहरु समाजसेवी लगायत बुद्धिजीवी व्यक्तिहरुको उपस्थिति रहेको थियोे । हरिनगर गाउँपालिका वडा न–३, गाैतमपुर स्थित जनता माध्यामिक विद्यालय भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष गफार अन्सारी, लगायतका सरोकारवालाहरु ।
तस्बिर : अजमल अन्सारी

फेसबुकबाट तपाईको प्रतिक्रिया