कक्षा १२ को अन्तिम परीक्षा जेठको २६ देखि असार ४ गते सम्म (परिक्षा तालिका सहित) – Nagarikabhiyan : National News

कक्षा १२ को अन्तिम परीक्षा जेठको २६ देखि असार ४ गते सम्म (परिक्षा तालिका सहित)

काठमाडौं ।  २०७७ सालको कक्षा १२ को अन्तिम परीक्षा जेठको २६  गते बाट सुरु  हुने भएको छ ।

आज बसेको बोर्ड बैठकले कक्षा १२ को परिक्षा सञ्चालनको मिति तय गरेको हो । कक्षा १२ को अन्तिम परीक्षा जेठको २६ देखि असार ४ गते सम्म गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा मिति तय भएसँगै प्रश्नपत्र निर्माण र परीक्षा केन्द्र निर्धारणको काम द्रुत गतिमा अघि बढ्ने  परिक्षा बोर्डले जनाएको छ।  यस पटक कोरोनाका कारण अहिले सम्मको अपजस मेटाउने मौका आए पनि सरकारले फेरी पुरानै शैलीमा जाने गरी निर्णय गरेको भन्दै आलोचना जारी छ ।