कांग्रेस नेता जोशी फेरि भेन्टिलेटरमा
२५ फाल्गुन २०७७, मंगलवार १५:५०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई फेरि भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।
मस्तिष्काघात भएपछि अस्पताल भर्ना गरिएका जोशीको स्वास्थ्य अवस्था फेरि बिग्रिएपछि भेन्टिलेटरमा राख्नुपरेको नर्भिक अस्पतालले जनाएको छ ।
गत शनिबारदेखि उनको स्वास्थ्यमा समस्या देखिएको डा. राजीव झाले जानकारी दिए ।
अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, डा. झाले भने, आफैँ सास फेर्न नसकेपछि भेन्टिलेटरमा राखिएको हो ।
५७ वर्षीय नेता जोशीलाई फागुन १३ मा मस्तिष्काघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्काघात भएको डा. झाले बताए ।
गत साता भने जोशीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया