नेपाल जस्तै मुलुक भएको भुटानमा कोरोना नियन्त्रण कसरी भयो त ? – Nagarikabhiyan : National News

नेपाल जस्तै मुलुक भएको भुटानमा कोरोना नियन्त्रण कसरी भयो त ?

काठमाडौं ।  विश्वमै कोरोना भाइरसले आतंक मचाए पनि भुटानमा चाहिँ कोरोनाका संक्रमित संख्या मात्र जम्मा ८६७ केस देखिए अनि एक जनाको मात्र मृत्यु भयो । भुटान पनि एक नेपाल जस्तै दुई विशाल छिमेकी चीन र भारतको बीचमा रहेको भूपरिवेष्ठित मुलुक रहेको छ । उसका छिमेकी चीनमा कोरोना उत्पत्ति भयो अनि अर्को छिमेकी भारतमा एक लाख ५७ हजारभन्दा बढी मानिसको मृत्यु भए तर पनि भुटान सरकारले आफ्नो मुलुकलाई नियन्त्रण गरेको संसारमै एक उदाहरण बनेका छन् ।

भुटानका राजाले देशको स्वास्थ्य संरचनाको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेकोले यो सम्भव भएको भनी विज्ञहरूले औंल्याएका छन् । भने भुटानको एक्सटर्नल प्रिपेयर्डनेस यान्ड रेस्पोन्स प्रणालीलाई यसको श्रेय जान्छ । अनि विश्व स्वास्थ्य संगठनले पनि कोरोना छिटो पत्ता लगाउन, परीक्षण गर्न, ट्रेसिङ गर्न र आइसोलेट गर्न सहयोग गरेको जनाए । त्यहाँका सशस्त्र बल, भन्सार कार्यालय, प्रहरी, नागरिक उड्डयन, स्वास्थ्य अधिकारी तथा स्वयंसेवीहरूले विदेशबाट कोरोना पोजिटिभहरू आए भने के हुन्छ भनी मन्थन गरेका थिए ।

भुटान देश चीन र भारत जस्ता ठूला मुलुकका बीचमा रहेको भए पनि निको हुने उच्चदर कायम राखेको भुटानका आश्चर्यजनक उपलब्धि रहेकको छ । भुटानको स्वास्थ्य मन्त्रालयले पनि ग्येनखु अर्थात् हाम्रो जिम्मेवारी नामक पहल पनि गरेको थियो र त्यसमा अभिनेता, खेलाडी, ब्लगर र कलाकारहरू लगायतका प्रभावशाली मानिस जोडिएका थिए । सरकारले कन्ट्याक्ट ट्रेसिङ याप ड्रुक ट्रेस पनि विकसित गरेको थियो । सबै व्यापारिक संस्था, यातायात केन्द्र तथा कार्यालयले यस ट्रेसिङ यापको क्यूआर कोड स्क्यान गर्नुपर्ने  बनाइएको थियो वान हेल्थ स्ट्राटेजी अपनाएर भुटानले आफूलाई विश्वमै उदाहरणीय बनाएको छ ।