सुनसरीमा पत्रकारहरुका लागि आधारभुत पत्रकारिता तालिम सुरु – Nagarikabhiyan : National News

सुनसरीमा पत्रकारहरुका लागि आधारभुत पत्रकारिता तालिम सुरु

काठमाडौ । प्रदेश-१ को सुनसरी जिल्लामा पत्रकारहरुको लागि ७ दिने आधारभुत पत्रकारिता तालिम आज देखि सुरु भएका छन ।

सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा जिल्ला समन्वय समिति कार्यालयको सभाहल भित्र नेपाल पत्रकार महासंघ सुनसरी शाखाले पत्रकारहरुको लागि आधारभुत पत्रकारिता तालिम आयोजना गरेका छन । सुनसरीको इटहरी र इनरुवा गरि दुई स्थानमा आधारभुत पत्रकारिता तालिमको आयोजना गरेको छ । भने पहिलो चरणको तालिम इटहरीमा हुन्छ भने दोस्रो चरणको तालिम इनरुवामा हुनेछ्न।
पत्रकारितालाई सरल र सहज बनाउने प्रविधि उद्येश्यले संचालन गरिएको तालिममा धरान, इटहरी, दुहबी, भोक्राहा, इनरुवा लगायतका आधारभुत पत्रकारिताका जिल्ला पत्रकारहरु तालिममा सहभागी भएका थिए । नेपाल पत्रकार महासंघ सुनसरीले आज फागुन १७ गते देखि २३ गते सम्म ७ दिने तालिम आयोजना गरेका छन ।

आज सुरु भएको आधारभुत पत्रकारिता तालिमको उद्घाटन गर्दै प्रमुख अतिथिको रूपमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का तालिम पश्चात प्रविधिको प्रयोगमा संचारकर्मीहरु थप अभ्यस्त हुने विश्वास ब्यक्त गरेको बताए । पत्रकारहरु सक्षम र सवल भएमा मात्रै सुचना तथा समाचार हरु पनि विश्वसनिय र परिपक्व हुने बताउदै अमर खड्काले पत्रकारहरुलाई कोठाभित्र भुमिगत भएर समाचार लेख्ने भन्दा पनि कुनैपनि स्वार्थ नराखी सत्य र तथ्य समाचार लेख्न आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रिय पुर्व अध्यक्ष धर्मेन्द्र झा र केन्द्रिय कार्यालय तालिम प्रबन्धक संघर्ष पन्त प्रशिक्षकको रुपमा सहभागी हुनुभएका थिए ।
पुर्व अध्यक्ष धर्मेन्द्र झाले भने प्रविधिको विकास संगसंगै पत्रकारहरु पनि प्रविधिमैत्री बन्दै जानुपर्ने आवश्यकता रहेकाले फिल्डमा खटिएर काम गर्ने पत्रकारहरुको लागि तालिम आयोजना हुनुपर्ने जनाए।

पत्रकारितामा सबैथोक गर्न छुट छ तर गल्ती गर्न छुट छैन, समाचार विश्वसनिय बनाउन र गल्ती कम हुनको लागि पत्रकारहरुमा मल्टिमिडियोको ज्ञान हुनु आवश्यक छ, त्यही आवश्यकता परिपुर्ति गर्नको लागि तालिमको आयोजना भएको थियो । गाउँको सुचनालाई शहरसम्म जोड्नको लागि शाखा सुनसरीले आयोजना गरेको तालिम फलदायी हुनेमा खड्काले विश्वास ब्यक्त गरेको बताए । कार्यक्रममा केन्द्रिय कार्यालय तालिम प्रबन्धक संघर्ष पन्तले समुदायले पत्रकारितालाई उपल्लो दर्जामा राखेर हेर्ने गरेकोले आफ्नो क्षमता प्रस्तुत गरेर पत्रकारहरु समाजको उदाहरणीय पात्र बन्नुपर्ने बताउनुभयो । उहाँका अनुसार, यसका लागि सबै भन्दा पहिला पत्रकारहरुलाइ आत्मीय विश्वास हुनुपर्छ। आत्मविश्वासका लागि परिश्रम र व्यवसायिकता अत्यावश्यक भएकोले कमजोर मानसिकता नराख्न पत्रकारहरुलाई आग्रह समेत गर्नुभएको थियोे । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय पुर्व अध्यक्ष धर्मेन्द्र झा, केन्द्रिय कार्यालय तालिम प्रबन्धक संघर्ष पन्त, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, नेपाल प्रेस युनियन इनरुवा नगर संयोजक टाेमराज मेहता, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य इकबाल अहमद, अजित झा, जयकृष्ण यादव, जिल्ला समन्वय समिति प्रमुख गोपाल राज भणडारी लगायतले यस खाले तालिम लगायतका विषयमा विभिन्न धारणाहरु राख्नुभएको थियो ।

आजको पहिलो दिनको प्रशिक्षण तालिमको सभाध्यक्ष अजमल अन्सारी रहनु भएको थियो भने प्रतिवेदनमा जुगेश दास, नसिम अन्सारी रहनु भएको थियो त्यसैगरी पत्रकार मुनाफ हसन, गणेश यादव, असलम हुसेन, मुना बिष्ट लगायत तालिममा सुनसरी क्षेत्रका विभिन्न संचारमाध्यममा कार्यरत १९ जना पत्रकारहरु लगायत २८ जना सरोकार वालाहरुको सहभागिता रहेका थिए ।