नारायणी सिचाई कार्यालयको ३० करोड मूल्यको ७ कठा १५ धुर जमीन हिनामिना
१ फाल्गुन २०७७, शनिबार १७:१२
हेटोडा । नारायणी सिचाई व्यवस्थापन कार्यालय वीरगंजको रु ३० करोड भन्दा वढी मूल्य वरावरको ७ कठा १५ धुर सरकारी जमीन हिनामिना भई व्यक्तिको नाममा दर्ता भएकाले छानवीन एवम् संरक्षण गर्न माग गरिएको छ ।
वीरगंज महागनरपालिका वडा नं १४ मा रहेको उक्त कार्यालयको कम्पाउण्ड भित्रको पूर्वपटीको सात कटठा १५ धुर जमीन मालपोत कार्यालय पर्सावाट व्यक्तिको नाममा दर्ता भएकोले जिल्ला प्रशासन कार्यालय पर्सा वीरगंजमा लिखित उजुरी समेत गरीएको छ ।
वीरगंजका जहरुदिन अंसारीको नाममा मालपोत कार्यालय पर्सावाट २०६३ सालमा उक्त जमीन दर्ता भएको र असांरीले लिखितरुपमा दावी गरेपछि सो कार्यालयले सत्यतथ्य छानवीनका लागि प्रशासन कार्यालयमा उजुरी गरेको जनाएको छ ।
जमीनको मूल्य वढेको र अंसारीको दावी समेत भएपछि सिचाई कायालयका प्रमुख प्रशुन मिश्रले पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामागं समक्ष जमीनको सुरक्षा माँग गर्नुभएको छ ।
कार्यालय प्रमुख प्रशुनका अनुसार उक्त सिचाई कार्यालयको त्यहाँ १० विग्हा भन्दा वढी जमीन रहेको त्यस मध्ये ७ कठा १५ धुर जमीन पनि कार्यालयको रहेको प्रमाण सहित दावी गरिएको छ । त्यो सम्पुर्ण जमीन २०३२ सालमा मुआव्जा दिएर खरीद भएको उहाँले लिखित प्रमाण देखाउनु भएको छ ।
कार्यालयवाट प्राप्त जानकारी अनुसार तत्कालीन नेपाल सरकारद्धारा २०३० सालका नेपाल राजपत्र भाग ३ मा जग्गा प्राप्ती ऐन २०१ अनुसार साविक जिल्ला वारा वहुअरी गाउँ पञ्चायत वडा नं ७ को किता. न .०४ को ७ कठा १५ धुर जग्गा साविक कार्यालय नारायणी अंचल सिचाई विकास योजनाको घरहरु निमाणको निमित उक्त ऐन र जग्गा प्राप्ति नियम २०२६ वमोजिम क्षतिपूर्ति पाउने सूचना प्रकाशित भएको थियो र खरीद भएको थियो ।
उक्त जग्गा पिप्रा पञ्चायत वडा नं ९ वस्ने सिलाखत मियाको नाममा मकवानपुर मालवाट २०३० सालमा अंश वण्डा भई कायम भएको प्रमाणको आधारमा नारायणी अंचलाधीश कार्यालय वीरगंज को च न २०७८ मिति २०३२÷०१÷२६ को पत्रवाट आवासीय घरहरु निर्माणका लागि निज सिलाखत मियाको नामको किता न ४ को सो जग्गा तत्कालीन अंचल सिचाई विकास योजनाले अधिग्रहण गरि लिने २०३१ ÷०२÷०४ को निर्णय वमोजिम प्रतिकठा रु १ हजारका दरले मुआव्जा रकम सम्वन्धित जग्गा धनीले वुझि लगि सकेको हँुदा निज व्यक्तिको नामवाट लगत कटागरि जग्गा प्राप्ति ऐन २०१८ को दफा १७ वमोजिम तत्कालीन सिचाई विकास योजना वीरगंज हाल (नारायण्ी सिचाई व्यवस्थापन वीरगंज पर्साका )े नाममा नामसारी दर्ता गरी जानकारी दिनुहुन् भनि भूमि प्रशासन कार्यालय वारा कलैयाको नाममा पत्र प्रेषित भएको थियो ।
सिलाखत मियाँको मृत्यु पश्चात निजको ४ छोरा मध्ये तीन छोराको मञ्जुरी सनाखतले निजको साहिलो छोरा जहरुदिन अंसारीको नाममा गलत मनसाय राखी मालपोत कार्यालय पर्साले नाम सारी गरेको मिसिल फाइल सहित जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको प्रमुख मिश्रले जानकारी दिनुभयो । उक्त जग्गा कार्यालयको आवासीय भोग चलनमा रहेकोले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सुरक्षाको माँग गरिएको छ । त्यहाँ कम्पाउण्डमा रहेको सानो घर पनि मुआव्जा दिएर सो कार्यालयले खरीद गरेको वताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया