शिक्षा क्षेत्रलाई स्तर बृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन – Nagarikabhiyan : National News

शिक्षा क्षेत्रलाई स्तर बृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन

राजविराज । शिक्षा क्षेत्रलाई गुनस्तर बनाउने उदेश्यले सप्तरीको सुरुङगा नगरपालिका वडा नं. ७ मा रहेको एउटा बिद्यालयमा सबल नेपालले मर्मत सम्भार र रंगरोगनको कार्य सम्पन्न गरेको छ ।

सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालको आयेजनामा गत बर्ष सन् २०२० मा त्यहाँ रहेका राष्ट्रिय आधारभुत बिद्यालय पोखरीया बसनपटीमा मर्मत सम्भार सहित पुरै बिद्यलयमा रंगरोगन सम्पन्न गरेको पाइएको छ ।

साथै बालबिकाससहित ७ वटा कक्षा कोठाहरुमा समेत प्लाष्टर तथा ढालानको कार्य सम्पन्न गरि मर्मत सम्भार गरिएको सबल नेपालका शिक्षा फिल्ड अधिकृत निरबहादुर आलेले जानकारी दिनुभयो ।

उक्त बिद्यालयमा रु ७ लाख ५० हजार खर्च गरि बिद्यालयमा आपाङ मैत्री भरयाङ , ३ वटा शौचालयको मर्मत सम्भार र रंगरोगनका साथै कक्षा कोठा ब्यवस्थापन्नका लागि बालबिकासदेखि कक्षा ३ सम्म समेत मर्मत सम्भार गरिएको उहाँले बताउनुभयो ।

बालबिकाससहित कक्षा १ देखि ७ सम्म पुरै बिद्यालयमा रंगरोगन गरि बिद्यालय ब्यवस्थित गरिएपछि अहिले बिद्यार्थीहरु पढन आउदा सारेह खुशी भएको बिद्यालयका प्रअ उग्रनारायण चौधरीले बताउनुभयो ।

मर्मत सम्भारका कारण जीर्ण बन्दै गइरहेको बिद्यालयमा सबल नेपालले आफनो लगानी गरि मर्मत सम्भार गर्दा आफुहरु समेत खुशी भएको बताउदै ४ जनाको दरबन्दी रहेको बिद्यालयमा अहिले ३ जना शिक्षकले काम गरि रहेको बिद्यालयका प्रअ चौधरीले जानकारी दिनुभयो ।

गत बर्ष शिक्षक उपेन्द्र चौधरी अपकात पाएपछि सो बिद्यालयमा १ वटा दरबन्दी खाली भएको थियो ।

बालबिकास केन्द्र सहित कक्षा १ देखि ७ सम्म रहेको बिद्यालयमा जम्मा २०० बिद्यार्थी रहेको पाइएको छ । ३ वटा बालबिकस केन्द्रमा भने ३ जना महिला शिक्षिका समेत कार्यरत रहेको बिद्यालयले जनाएको छ ।

सो बिद्यालयमा यसअघि बिभिन्न कार्यक्रमको आयोजना गरि शिक्षकहरुको लागि एकिकृत पाठेयक्रम सम्बन्धी तालिम समेत दिएको थियो ।