निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, निर्वाचनबारे छलफल
४ माघ २०७७, आईतवार १२:४६
काठमाडौँ । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । प्रतिनिधि सभा विघटन भएर मुलुकमा नयाँ निर्वाचनको मिति घोषणा भए पनि अधिकांश दलहरु निर्वाचनको पक्षमा नरहेको अवस्थामा यसबारे आयोगले छलफल गर्ने भएको हो ।
निर्वाचनबारे छलफलका लागि आयोगमा दर्ता भएका सबै प्रमुख दलसहित साना दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित कार्यालयमा छलफलका लागि बोलाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया