आइतबार ‘सूर्य देव‘ काे पूजा-आजा गर्नाले प्रशस्त धन लाभ हुने विश्वास
२१ बैशाख २०७७, आईतवार ०७:०३
हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्।
हिन्दू धर्मानुसार भगवान सूर्य देवलाई एक मात्र साक्षातदेखिने देवताको रुपमा पूजा गरिन्छ।‘सूर्य देव‘को पूजा गर्दा सफलता, मानसिक शान्ति तथा शक्ति संचार हुने बिश्वास रही आएको छ।
सूर्य देवको आराधना गर्दा हाम्राे बल , बुद्धि , तेज, मान-सम्मान, धन-सम्पति र स्वास्थ्यले परिपूर्ण भैइन्छ भन्ने विश्वास छ । यसको साथै सूर्य देवको नित्य आराधना गर्दा मानव जीवनमा नव शक्तिको संचार हुन थाल्छ ।
हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ।
आइतबारको दिन भगवान सूर्यदेवको पूजा आजा गर्नाले प्रशस्त धन लाभ हुने विश्वास छ । साथै पारिवारीक सुख भोग गर्न पाउनुहुनेछ । सूर्य मानिसको शरिरको ताप हो । तापले नै शरिरलाई दिशानिर्देश गर्दछ ।
वेद र पुराणमा सूर्य लाई सौर्यमण्डलको सर्वाधिक बलशाली ग्रह मानिन्छ। नवग्रह मध्ये सूर्यलाई विशेष मान्यता दिइएको छ। सूर्यलाई शनिको पिता मानिएको छ। सूर्यको रंग रातो र उसको वाहन रथ हो, उसको एक मात्र चक्र छ जसले वर्षलाई दर्शाउँछ। यस चक्रमा १२ भाग छ जुन १२ महिनाको द्योतक हो। यस चक्रको मध्यमा छ भाग छ जुन छ ऋतुहरूको द्योतक हो। रवि, हेली, भास्कर, विकर्तन, अहस्कर, तपन, पूषा, नभेश्वर, मार्तण्ड, दिवाकर, प्रभाकर, अर्क, अरुण, चित्ररथ आदि यसको पर्याय नामहरू हो। एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया