स्वास्थ्य अधिकार बारेमा अन्तरकृया कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

स्वास्थ्य अधिकार बारेमा अन्तरकृया कार्यक्रम सम्पन्न

कोशी । सुनसरीको कोशी गाउँपालिकाकी उपाध्यक्ष अनिता यादवले स्वास्थ्यलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।
अ‍ैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीको आयोजना, मानव अधिकार समूह कोशीको संयोजन र कोशी गाउँपालिकाको कार्यालय स्वास्थ्य शाखाको आयोजनामा भएको स्वास्थ्य अधिकार सम्बन्धी सरोकारबालाहरुसंगको अन्तरकृया कार्यक्रम यादवले सो कुरा बताउनुभएको हो । इन्सेकले गाउँपालिकास्तरीय मानवअधिकार समूहको समन्वयमा पुस ७ गते आयोजना गरिको स्वास्थ्य अधिकारसम्बन्धी अन्तरकृया कार्यक्रममा उपाध्यक्ष यादवले कोरोना सहित मानव स्वास्थ्यमा असर पर्ने रोग विरुद्ध र स्वास्थ्य अधिकारका कुरामा ध्यान दिएर योजना,निती तथा कार्यक्रममा नै स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
उपाध्यक्ष यादवले स्वास्थ्यमा अपनाउनु पर्ने मापदण्ड र नीति नियम भित्र रहेर गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा बजेटको व्यवस्था गरेको बताउनुभयो ।
उहाँले सोही व्यवस्था अनुसार किसोरी तथा बालिकालाई स्यानेटरी प्याडदेखी गर्भवति महिलालाई सुत्केरी गराउनका दुई वटा वर्थिङसेन्टर, स्वास्थ्य चौकी तथा प्रत्येक वडामा स्वकस्थ्य केन्द्रबाट निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था जानकारी दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखा कोशीका प्रमुख जलिम अख्खतरले प्रत्येक स्वास्थ्य संस्थामा प्रजनन् स्वास्थ्य , खोप सेवा, परामर्श सेवा र परिवार नियोजन सेवा उपलब्ध गराउने व्यवस्था गरेको बताउनुभयो ।
कार्यक्रममा पश्चिम कुशाहा स्वास्थ्य चौकीका इन्चार्ज आशा कुमारी मेहताले स्वास्थ्य चोकीमा आएका सबैलाई आफूहरुको स्रोत साधन र ज्ञानले भ्याएसम्म सेवा प्रवाह गरेको बताउनुभयो । मेहताले प्राथमिक उपचार सेवा, खोप सेवा र पोाषण कार्यक्रम प्राथमिकताका साथ संचालन भएको बताउनुभयो । मेहताले चौकीमा खानेपानीका लागि टुवेल नभएको, व्यवस्थित सौचालन नभएको र सागुरो कोठा भएकाले विरामीको गोपनीयतालाई पूर्ण संरक्षणमा समस्या रहेको बताउनुभयो ।
कार्यक्रममा लौकही स्वास्थ्य चौकीका योगेन्द्र प्रसाद साहले राम्रो सेवा प्रवाह गरेको दावी गर्नुभयो ।
स्वास्थ्य चौकी हरीपुरका रामनाथ साहले स्वास्थ्य चौकीमा औषधी देखी उपकरणसम्मको अभाव रहेकोले पुरै समय कार्यालयमा नबसेको सुनाउनुभयो ।
कार्यक्रममा सामुदायिक स्वास्थ्य इकाई कोशी ५ का इन्चार्ज राजकुमार साहले सागुरो कोठा भएर पनि नागरिकलाई सेवा प्रवाह राम्रो गरेको बताउनुभयो ।
सामुदायिक स्वास्थ्य इकाई कोशी ६ का इन्चार्ज पप्पुकुमार यादवले नयाँ भवन भएपनि सबै सानो सानो कोठा भएर काम गरेको र खुल्ला ठाउँ भएकाले औषधी देखी खानेपानीका लागि गाडिएको कल मसेत चोरी भएको बताउनुभयो ।
सामुदायिक स्वास्थ्य इकाई कोशी २ का इन्चार्ज देवकृष्ण राउतले भाडाको घर त्यसमा सागुरो कोठामा सेवा प्रवाह भएको तर परिवार नियोजनको साधनको अभाव भएको बताउनुभयो ।
सामुदायिक स्वास्थ्य इकाई कोशी ८ भाण्टाबारीका इन्चार्ज भुवनेश्वर साहले नयाँ केन्द्र भएर पनि स्वास्थ्य सेवा नागरिकलाई राम्रो प्रवाह गरेको बताउनुभयो ।
कार्यक्रममा नागरिक अगुवा लक्ष्मण दैहियारले स्वास्थ्य संस्थामा समयको ख्याल नगरेको, कार्यालय समयसम्म नबसेको, निशुल्क औषधी प्रयाप्त नदिएको, स्वास्थ्यकर्मी झर्केर बोल्ने गरेको गुनासो गर्नुभयो । दैहियारले स्वास्थ्यकर्मीहरुलाई कार्यालय समयसम्म बस्न, निशुल्क औषधी विरामीलाई दिन, स्वास्थ्यकर्मीमा मुस्कान सहितको सेवा भाव हुनुपर्ने र नागरिकलाई स्वास्थ्य सचेतना दिनुपर्ने सुझाव दिनुभयो । इन्सेकका जयकृष्ण यादवले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै मानव अधिकार समूहले सेवाप्रदायक निकाय र सेवाग्राही बीच पुलको काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले स्वास्थ्य सेवा प्रदायक निकायबाट जनतालाई उपलब्ध गराउने सेवा सुविधा र कार्यक्रमहरू सेवाग्राही जनतासम्म प¥याउनलाई मानव अधिकार समूहले कार्ययोजना बनाएर अघि बढ्न पनि सुझाव दिनुभयो ।
कार्यक्रममा मानव अधिकार समूह कोशीका अध्यक्ष अनिता उराँव, उपाध्यक्ष श्याम कुमार खंग, सचिव विष्णु यादव, सहसचिव रिना कुमार मण्डल, कोषाध्यक्ष चन्द्रकला नेपाल, सदस्य ब्रजेश यादव, गिता पौडेल, गुलावी शर्मा, सिबेन्द्र मरिक यादव, मुस्ताक आलम, पनव रौनियार लगायतको सहभागिता रहेको थियो । कार्यक्रम मानव अधिकार समूह कोशीका अध्यक्ष अनिता उराँवको अध्यक्षता र कोशी गाउँपालिकाकी उपाध्यक्ष अनिता यादवको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।