सरसफाई सामग्री वितरण
१ पुष २०७७, बुधबार १५:४६
सुनसरीको गाढी गाउँपालिकाका सामुदायिक विधालयमा सरसफाई सामग्री वितरण गरिएको छ। गढी गाउँपालिकाको २६ विद्यालयहरुलाई सरसफाई सामग्री वितरण गरेको शिक्षा शाखा प्रमुख छवी कढ्काले जानकारी दिनुभयो । खड्काका अनुसार पालिका भरी विद्यालयहरुलाई एक साथ विद्यालय सञ्चालनमा सहजताका लागि सरसफाई सामग्री वितरण गरेको हो ।
विद्यालयहरुलाई ज्वरो नाप्ने मरर्मल गन सरसफाई सामग्री वितरण वितरण गरेको जनाएको छ ।
प्रत्येक विद्यालयलाई एक एक थाम थरमल गन, सावुन, पानी, माक्स सहितका सरसफाई सामग्री वितरण गरेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले लामो समयपछि खुल्न लागेको विद्यालययमा कोही कसैलाई कोरोनाको असर नपरोस भनेर सरसफाई सामग्री वितरण गरेको बताउनुभयो । यादवले आफ्नो पािलकाका २६ विद्यालयलाई सरसफाई सामग्री वितरण गर्नुहुदै सबैलाई स्वास्थ्य सुरक्षा अपनाउन समेत आग्रह गर्नुभयो । सरसफाई सामग्री वितरण कार्यक्रममा उपाध्यक्ष राजकुमारी चौधरी, शिक्षा शाखा प्रमुख छवी खड्का, योजना शाखाका योगराज निरौला, प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया