घरघरमै छठको घाट – Nagarikabhiyan : National News

घरघरमै छठको घाट

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा सहितका विभिन्न पालिकामा हर्सोलासका साथ मनाउदै आएको छठ पर्व यसपाली घरघरमै मनाएका छन् ।
कोरोनाका कारणले जोखिम बढेको भन्दै खोला, नहर र नदीमा छठ घाट निर्माणमा रोक लगाएपछि धेरैले घरमा नै घाट बनाएर छठ पुजा गरेका छन् ।
शुक्रबार सदरमुकाम इनरुवा सहित देवनागञ्ज, हरिनगर, वर्जु, गढी, कोशी र भोक्राहा नरसिंह गाउँपालिकामा छठको घाट स्थानीयहरुले घरघरमा नै बनाएर सूर्यलाई अर्घ दिएका छन् । केही छिमेकीहरुले मिलेर पाँच देखी १० जानको समूहमा घर नजिकै पोखरी बनाएर समेत पुजापाठ गरी सूर्यलाई अर्घ दिएका छन् ।


इनरुवाका स्थानीयहरुले शंकरपुर शाखा नहर र सुनसरी खोलामा छठ पर्व गर्दै सूर्यलाई अर्घ दिदै आएकोमा यसपाली घरघरमा र केहीले सामूहिक रुपमा मिलेर पोखरीको प्रतिक बनाएर मोटरको पानी हालेर पुजापाठ सहित सूर्यलाई अर्घ दिएका इनरुवा २ का रामलखन मेहताले जानकारी दिनुभयो । उता इनरुवा ९ बबियामा दलित गैरदलित समैले सामूहिक सूर्यलाई अर्घ दिएर कोरोना अन्त्यको कामका गरेका छन् ।
१, सुनसरीको इनरुवा २ मा स्थानीयले बनाएको छठका लागि कित्रिम पोखरी ।


२, इनरुवा ९ बबियामा गरिएको सामूहिक छठ घाट निर्माण गर्दै

तस्वीर : जयकृष्ण यादव । इनरुवा