सीमावर्ती गाउँमा एम्बुलेन्सको माग – Nagarikabhiyan : National News

सीमावर्ती गाउँमा एम्बुलेन्सको माग

इनरुवा । सुनसरीको कोशी गाउँपालिकाका सीमावर्ती क्षेत्रका स्थानीयहरुले सीमाका नागरिकका लागि एम्बुलेन्सको ब्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

राजमार्गसँग नजिकरहेर पनि यातायातको सुविधाबाट टाढा रहेको कोशी गाउँपालिका ४,५र ६का स्थानीयहरुलाई औषधी उपचार र सिकिस्त बिरामीलाई उपचारका लागि अस्पताल पु¥याउन आवश्यक पर्ने एम्बुलेन्स अभाव रहेकाले त्यसको ब्यवस्था गर्न माग गरेका हुन् ।

एम्बुलेन्स गाउँ तथा वडामा नहुँदा कतिपय बिरामी अस्पताल नपुग्दै ज्यान गुमाउन बाध्य हुँदै आएको र केही बिरामी उपचारको लागि समयमा अस्पताल नपुग्दा झन अवस्था बिग्रेर खर्चिलो उपचार गर्न बाध्य भएकाले तत्काल एम्बुलेन्सको ब्यवस्था गर्नुपर्ने कोशी ५ का स्थानीय तन्जिल आलमले माग गर्नुभयो ।

एम्बुलेन्स नहुँदा ज्येष्ठ नागरिक, शिशु, बालबालिका र गर्भवति महिलाहरु बढी प्रभावित हुँदै आएकाले जतिसक्दो छिटो एम्बुलेन्सको ब्यवस्था गर्नुपर्ने स्थानीयबासी तथा पत्रकार मुस्ताक आलमले गाउँपालिकासँग आग्रह गर्नुभयो । एम्बुलेन्स आवश्यक रहेको भन्दैं कोशी ५ का वडाध्यक्ष साह जमालले आफू पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।