उमेर बढेसँगै शरीरलाई के हुन्छ आवश्यक ? – Nagarikabhiyan : National News

उमेर बढेसँगै शरीरलाई के हुन्छ आवश्यक ?

शरीरलाई स्वस्थ राख्न भिटामिनले महत्तवपूर्ण भूमिका खेल्छ । भिटामिनको अभावले शरीरमा थुप्रै समस्याहरू निम्त्याउँछ सक्छ । विशेष गरी बढ्दो उमेरका लागि भिटामिनहरू आवश्यक हुन्छन् ।

क्याल्सियम– क्याल्शियम बढ्दो उमेरसँगै धेरै महत्त्वपूर्ण छ । क्याल्सियमको अभावले हड्डीहरूलाई कमजोर बनाउँछ जसले ओस्टियोपोरोसिस निम्त्याउन सक्छु । क्याल्सियमले मांसपेशिहरु, स्नायुहरु, कोषहरु र रक्त वाहिकाहरु लाई राम्रोसँग कार्य गर्न मद्दत गर्दछ । ५० बर्ष भन्दा माथिका महिलाले ७० बर्षिय पुरुष वयस्कहरूको तुलनामा २० प्रतिशत बढी क्याल्सियम लिनु पर्छ । आहारमा दूध, दही र पनीर समावेश गर्नुहोस् ।

भिटामिन बी १२– भिटामिन बी १२ रगत र स्नायु कोशिका बनाउनमा मद्दत गर्दछ । यी भिटामिनहरू मासु, माछा, अण्डाहरू जस्ता खानामा पाइन्छन् । यो भिटामिन बी १२ ट्याब्लेटहरू मार्फत पनि लिन सकिन्छ । एट्रोफिक ग्यास्ट्रिटिसको ३० प्रतिशतसम्म ५० बर्ष भन्दा माथिका मानिसहरूमा देखा पर्दछ जसको कारणले शरीरलाई खानाको माध्यमबाट भिटामिन बी १२ राम्रोसँग प्राप्त हुँदैन ।

भिटामिन डी– भिटामिन डी मांसपेशिहरु, तंत्रिका र प्रतिरक्षा प्रणाली राम्रोसँग कार्य गर्न मद्दत गर्दछ । भिटामिन डी को उत्तम स्रोत सूर्यको किरण हो । भिटामिन डी खानाबाट पूर्ण रूपमा उपलब्ध हुँदैन तर वोसोयुक्त माछा जस्तै साल्मन, म्याकेरल र सार्डिनहरू भिटामिन डी को राम्रो स्रोत हो ।

भिटामिन बी– यो भिटामिनले शरीरलाई कीटाणुहरूसँग लड्न र उर्जा कायम राख्न मद्दत गर्दछ । बढ्दोे उमेरको साथै भिटामिन बी शरीरको लागि धेरै महत्तवपूर्ण हुन्छ । छोला यस भिटामिनको उत्तम स्रोत हो । यस बाहेक, बोसोयुक्त माछा र फोर्टिफाइड फूडहरू पनि यस भिटामिनको राम्रो स्रोत हुन् ।

म्याग्नेशियम– म्याग्नेशियमले शरीरमा प्रोटिन र हड्डीलाई बलियो बनाउन मदत गर्दछ । यस बाहेक यसले मधुमेह रोगलाई स्थिर पनि राख्छ । यसलाई नट, बीउ र पातवाला तरकारीबाट प्राप्त गर्न सक्नुहुनेछ । बढ्दो उमेरको साथ मानिसहरूले आफनो आहारमा ध्यान राख्नुको सट्टा अधिक औषधीहरू खान शुरू गर्दछन् जसको कारणले शरीरमा म्याग्नेशियमको कमी हन्छ ।

प्रोबायोटिक्स– प्रोबायोटिक्स आन्द्राको लागि उत्तम मानिन्छ । यसलाई दही र साउक्र्राउटबाट लिन सकिन्छ । यसले पखाला र एलर्जीबाट शरीरलाई बचाउँछ । यदि तपाईंको प्रतिरक्षा प्रणाली कमजोर छ वा चिकित्सा समस्या छ भने, निश्चित रूपमा यसलाई लिनु अघि डाक्टरलाई सम्पर्क गर्नुहोस् ।

ओमेगा ३– यी फ्याट्टी एसिडहरू शरीरको लागि धेरै महत्त्वपूर्ण मानिन्छ किनभने तपाईंको शरीरले यो प्राकृतिक रूपमा बनाउन सक्दैन । ओमेगा ३ हरू आँखा, दिमाग र शुक्राणु कोशिकाको लागि धेरै महत्त्वपूर्ण हुन्छ । यसले उमेर सँगसँगै हुने रोगहरू, अल्जाइमरबाट पनि बचाउन मद्दत गर्दछ । यसको लागि, ओमेगा घ फ्याट्टी माछा, अखरोट, क्यानोला तेल वा फ्ल्याक्स बीउ जस्ता खानाहरू समावेश गर्नुहोस् ।

सेलेनियम– सेलेनियमले कोषहरूलाई संक्रमणबाट बचाउँछ । यसको कारणले थाइरोइडले राम्रोसँग कार्य गरिरहन्छ । सेलेनियमले मांसपेशाहरूलाई पनि बलियो बनाउँदछ । यस बाहेक यसले डिमेन्शिया, थाइरोइड र क्यान्सर जस्ता उमेरसँग सम्बन्धित रोगहरूबाट पनि सुरक्षा गर्दछ । यसको लागि खानामा कुखुरा, माछा, अण्डाहरू, चीज, च्याउ, मसला, खैरो चामल, काजू र केरा समावेश गर्नुहोस् ।