रचना रिमालको स्वरमा ‘जय माँ पाथीभरा’ सार्वजनिक – Nagarikabhiyan : National News

रचना रिमालको स्वरमा ‘जय माँ पाथीभरा’ सार्वजनिक

विराटनगर । गायीका रचना रिमालको स्वरमा ‘जय माँ पाथीभरा’ देवीको भजन सार्वजनिक भएको छ । यसअघि उक्त भजन गायक प्रवीण बेडवालको स्वरमा सार्वजनिक भएको थियो ।
सुरेश चन्द्र दाहालको शब्द, डा.भवानी शंखर भट्टराईको श्लोक रचना, राजन क्षेत्रीको सङ्गीत रहेको उक्त भिडियो ताप्लेजुङ स्थित पाथीभरा मन्दिर क्षेत्रमा छायाङ्कन गरिएको छ ।
दिनेश कोइरालाको अभिनय रहेको उक्त भिडियोमा कलर तथा सम्पादन सुरेश चन्द्र दाहालको रहेको छ ।