हरेक शनिबार (मातारानी) माहाभोग कार्यक्रमको प्रथम वार्षिक उत्सव सम्पन्न
१ श्रावण २०७९, आईतवार ०७:५७
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं ५ साहेवगञ्ज स्थित सहेको श्री श्री १०८ दुर्गा काली मन्दिरको प्रागणमा संचालित हरेक शनिबार मातारानी माहाभोग कार्यक्रमले निरन्तर रुपले एक बर्ष पुरा गरेको अवसरमा शनिबार एक कार्यक्रम गरि प्रथम वार्षिक उत्सव मनाएका छन् ।
हरेक शनिबार मातारानी माहाभोग कार्यक्रम एक बर्ष देखि निरन्त्तर स्थानिय युवाहरुको प्रयासमा संचालन हुँदै आई रहेको छ । जस कार्यक्रम अन्र्तगत साता को प्रत्येक शनिबार मातारानीको प्रसादको रुपमा खिर, खिचडि , स्याउ , सुन्तला, केरा, जस्ता फलफुलहरु स्थानिय दाताहरुको सहयोगमा बितरण गर्ने गरिन्छ, स्थानिय समाजसेवी युवा तथा देवानगञ्ज गाउँपालिका वडा नं। १ का वडा सचिव दिलिप कुमार साहले जानकारी गराउनु भयो ।

उत्त कार्यक्रमले समाजमा राम्रो संदेश दिएको र समाजमा घट्दै गईरहेको हिन्दू धर्म प्रतिको आस्था लाई पुन जाग्रित गरेको साथै भविष्यमा यस्ता कार्यक्रमले अझै समाज सुधारको काम गर्ने आसा लिएको देवानगञ्ज गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मनोज मणडलले बताएका छन् ।

उत्त कार्यक्रममा बोल्दै देवानगंज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले भने यस्ता कार्यक्रम ले समाजमा एकता का साथै हराउदै गई रहेको हाम्रो हिन्दू संस्कृतिको पनि प्रचार प्रसार हुन्छ, आज सम्म यस्ता कार्यक्रम भारतमा मात्र हेरेको तर हाम्रो गाउँपालिकामा हुनु अतिनै गौरवको बिषय रहेको भन्दै आयोजक समुहलाई शु्भकामना का साथै धन्यवाद पनि दिएका छन्।

त्यस्तै संसारकै सबै भन्दा पुरानो सनातन हिन्दू धर्मको रक्षा गर्नु हामि सबैको कर्तव्य पनि भएको उहाँको भनाई रहेको थियो, यस्ता किसिमका कार्यक्रम हरेक वडामा संचालन गरिनु पर्नेमा पनि जोड दिनु भएको छ । त्यस्तै आउँदो ४ बर्ष भित्र प्रत्येक वडामा सुविधा सम्पन्न सामुदायिक धर्मशाला निर्माण गर्ने प्रतिबधता समेत गरेका छन् ।

उत्त कार्यक्रममा अतिथि र दाताहरुलाई कदर पत्रका साथै मायाको चिने समेत प्रदान गरेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया