प्राथमिक उपचारको सामाग्री क्याम्पसलाई
१६ चैत्र २०७८, बुधबार १५:४१
सुनसरीको इनरुवामा रहेको सुनसरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुको लागि प्राथमिक उपचारको सामाग्री हस्तान्तरण गरेको छ । नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पस प्रमुख इनु भट्टराईलाई विभिन्न स्वास्थ्य तथा प्राथमिक उपचारको सामाग्री हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समिति सभापती सेराज हुसेनले प्राथमिक उपचारको सामाग्री हस्तान्तरण गर्नुभएको थियो । संघले सिरप फर्मा डिस्टिरीब्युटर विराटनगरको सहयोगमा बेटाडिन,कट्टन,बन्डेज,थर्मामिटर,हयास्पन जेल टेबलेट,निम्स टेबलेट,कट्टन जिकजैक,मिन्स पैड,ओआरएस, ओइन्ट मुपिर र हयान्डि प्लास्ट हस्तान्तरण गरेको हुसेनले बताउनुभयो । नेपाल विद्यार्थी संघ सुनसरीका भुतपूर्व सचिव धिरज भट्टराई,नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाइका सभापति सेराज हुसैन, क्याम्पस प्रमुख इनु भट्टराई, प्रध्यापिका लिला आपागाइ, संघका नेता नन्दन गुप्ता, शम्भु कुमार मेहता, निरज शर्मा, रोशनी उराँव लगायतको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया