इनरुवा नगरपालिका वडा नम्बर ५ बलाहाका वडा अध्यक्ष अन्जनी कुमार पोखरेलसंग गरिएको समयसामिक कुराकानी
१८ आश्विन २०७७, आईतवार १८:४४
अहिले विश्व नै कोरोना संक्रमण कोभिड १९ को चपेटामा परेको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि पहल भएपनि ठोस निकास पाउन सकेको छैन । नेपालको विभिन्न जिल्लामा समेत यसको प्रभाव बढ्दै गएको छ । यसलाई दोहोरो कोणबाट टिप्पणी र बहसको विषय बनाएको पाईन्छ । यसका बीचमा पनि विकासको काम वडाहरुले आफ्नो श्रोत साधनले भ्याएसम्म गरेको छ । त्यसै मध्ये एक सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नम्बर ५ बलाहाका वडा अध्यक्ष अन्जनी कुमार पोखरेलसंग गरिएको समयसामिक कुराकानी ।
१, तपाईलाई अन्तरवार्ता स्तम्भमा स्वागत छ ?
० धन्यवाद छ सर , तपाई र यस पत्रिका परिवारलाई ।
२,तपाई सुनसरीको इनरुवा नगरपालिका वडा ५ को वडा अध्यक्ष भएर काम गरेको सवा तीन वर्षे कार्याकाल वितेकोछ ? कस्तो रहयो अनुभव ?
० म नयाँ संविधान अनुसारको पहिलो स्थानीय तहको निर्वाचनमा जनताबाट निर्वाचित भएपछि जनतामा नै समर्तित भएर काम गरेको छु । म २०७४ साल अघिसम्म सानो व्यवहारमा काम गर्दै जनता सेवामा थिए भने निर्वाचन पछि म जनताको भोटबाट जितेर फेरी नगर तथा वडाका जनताको सेवामा नै लागेको छु । म निर्वाचित भएको सवा तीन वर्षे कार्यकालमा सिमित स्रोत सधानका बीचमा धेरै नै जनमैत्री काम गरेको छु । स्वभावले नै इनरुवा नगरपालिका ५ नम्बर वडा बलाहाको साविक ९ र १० नम्बर गरि दुई वडा वडालाई एउटा वडामा खुम्चाएकाले अरु वडाको तुलनामा पृथक छ । यो बजार भन्दा कम छैन त्यसको अनुभुती दिलाउन लागिपरेको छु । म वडा अध्यक्ष भएर काम गरेको सवा तीन वर्षे कार्याकालमा अढाई किलोमिटर सडकमा कालोपत्रे, अन्य सानो बाटो विस्तार, स्तोरउन्नती, टायल सहित र आरसिसी ढलान, वडाको सरसफाई , खानेपानी, सुरक्षाका लागि वडामा प्रहरी विट स्थापना, शिक्षा, संचार, रोजगार, शिपमुलक कार्यक्रम, स्वास्थ्य सेवा लगायतमा सुधार भएको छ । जनतामा नगरको अनुभुती दिलाएको छु ।
३, अनि वडा अध्यक्ष ज्यू यती राम्रो काम गर्नुभएको छ , जनताको सहयोग कतिको पाउनुभएको छ ?
० मेरो वडामा सबै काम उपभोक्ता समितिबाट पारदर्शि रुपमा भएको छ । अनि मेरो काम गर्ने शैली नै जनताको माग र आवश्यकतामा आधारित रहेकाले सबैको साथ र सहयोग मिलेको छ । त्यही भएर पनि हाल सवा तीन वर्षे कार्यकाल सफल रहेको अनुभुती गरिरहेको छु ।
४, किसान र कृषिका लागि के गर्नुभएको छ वडामा ?
० यो वडामा किसानका लागि सिचाई गर्न ३२ थान बोरिगं गाड्ने काम भएको छ । किसानहरुलाई समय समयमा विभिन्न बाली लगाउन र तरकारीको विउ वितरण गरिएको छ । यस फेरी केही काम गर्ने तयारीमा छु ।
५, भौतिक निर्माण्को काम के के भएको छ ?
० यस वडामा भौतिक निर्माणमा सडकबाटो सहित वडा कार्यालयको आफ्नो भवन निर्माण भएको छ भने आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण आफ्नो कार्यकालमा भएको छ । वडामा प्रदेश स्तरकै चरा संग्राहलय,जिम खाना समेत निर्माण भएको छ ।
६, गरीब, सुबुम्बासीका लागि के गर्नुभएको छ ?
० मैले यस वडाका गरीब,विपन्न र सुबुम्बासीका लागि आवसको व्यवस्था गरेको छु । बाढी र कोरोनाको बन्दाबन्दीमा राहत वितरण गरेको छु । वडाकै वजेटमा गएको वर्ष तीन परिवारलाई अबास सहयोग गरेको छु । यसपालिका प्रदेश सरकारको नीति अनुसार घरको छानो खरले वा फुसको रहेकोलाई हटाउने अभियानमा १५ जना परिवारलाई जस्तापाताको सहयोग हुने कुरा आएको छ त्यसमा मेरो पहल र प्रयास जारी छ ।
७, स्वास्थ्यका लागि के गर्नुभएको छ ?
० वडामा स्वास्थ्य संस्था सञ्चालन भएको , निशुल्क रुपमा औषधी वितरणका लागि वडाले पनि खरिद गरेको छु । भाडाको घरबाट सेवा दिदै आएकोमा आफ्नै भवन निर्माण गरी सार्ने तयारीमा छु ।
८. कोरोनाको बारेमा तपाई के भन्नुहुन्छ ?
० म वडाबासीलाई कोरोनाबाट नडराउन र आफ्नो नियमित काम तथा सेवा प्रवाह गर्न आग्रह गर्दछु । वडामा धेरैनै कोरोना संक्रमणलाई जितेको अवस्था भएकाले कोरोनाको औषधी र ठोस निकास पाउन नसकेको अवस्थासम्म सचेत रहन आग्रह गर्छु । फेरी एउटा कुरा औषधी छैन भन्छ तर लागेकालाई कसरी निको भईरहेको छ त मेरो पनि प्रश्न छ । धेरैले धेरै कुरा विवेचना, चर्चा र बहस गरेको भएपनि म यो विषयलाई सजक, सचेत र समयमित सहित सामान्य भन्दै कसैलाई नआतिन आग्रह गर्छु ।
९, अन्त्यमा के भन्नुहुन्छ वडाबासीहरुलाई ?
० म जनप्रतिनिधि भएकाले सबैलाई प्राथमिकतामा राखेर सम
ान व्यवहारका साथ काम गर्दै आएको र बाँकी काम पनि सोही अनुसार गर्नेछु । यसमा सबैको साथ र सहयोग मिलेको थप मिल्ने अपेक्ष गरेको छु । हालसम्म सवा तीन वर्षे वडा अध्यक्ष कार्यकाल सफल रहेको अनुभुती गरिरहेकोमा अव बाँकी कार्यकाल समेत निर्वाह गर्ने क्रममा सबैको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गरेको छु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया