गढी गाउँपालिकामा सार्वजनिक सुनुवाई – Nagarikabhiyan : National News

गढी गाउँपालिकामा सार्वजनिक सुनुवाई

सुनसरीको गढी गाउँपालिकामा यो वर्षको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सनिबार सम्पन्न भएको छ । गाउँपालिकाले कोरोना कहरपछि पहिलो पटक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । गाउँपालिकाको भौगोलिक क्षेत्र समेटेर गढी वनमा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकामा क्रियाशील राजनितिक दलका प्रतिनिधिहरु, वडा अध्यक्ष, कर्मचारी, प्रधानाध्यापक सहितका जनप्रतिनिधिहरु, स्थानीय सरोकारबालाहरु, स्थानीय संघसंस्थाका प्रतिनिधि लगायत स्थानीय जनसमुदायको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिहरुले योजना कार्यान्यनको काम छिटो हुनुपर्ने बाढीको क्षति नियन्त्रण गरिनुपर्ने, सूचना मासिक रुपमा अपडेट गर्नुपर्ने, सुकुम्बासीका लागि घर निर्माणमा सहयोग गर्नुपर्ने, कृषि पशु लगायतका सेवा कार्यालयका कर्मचारीलाई कृषकको समस्या वुझ्न फिल्डमा खटाईनुपर्ने, सडक सञ्जालमा वृहत योजना बनाएर बाटो सार्वजनिक गरेर मात्र लगानी गर्नुपर्ने, कृषि क्षेत्रमा बजेट कम विनियोजन भएको लगायतका विषय उठान गरेका थिए ।
जनस्तरबाट उठेका विषयलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले वडा स्तरबाट वडा भेलाबाटै छनौट भएका योजना भएकाले वास्तविक समस्या तथा मागको विषयमा वस्तीस्तरबाटै सोचेर निर्णय लिनुपर्ने बताउनुभयो । विगतका वर्षमा भन्दा सबै क्षेत्रमा धेरै बजेट विनियोजन भएको र कुनै काम गर्न बजेटको अभाव नहुने दावी गर्नुभयो ।
यादवले गढीको ६ वटै वडामा झण्डै २० किलोमिटर कालोपेत्र, सबै वडामा वडा कार्यालय , स्वास्थ्य संस्था, विद्यालयहरुमा भवन निर्माण, कृषि र पशुपालन गर्नेहरुलाई अनुदानको व्यवस्था परेको बताउनुभयो । वहाँले आगामी आर्थिक वर्षमा योजनाबद्ध विकासलाई प्राथमिकतामा राखी योजना छनौट गरिने लगायतका विषय राख्दै सहभागिको जिज्ञासा सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका तर्फबाट सहभागि तेजनारायण अरगरियाले सार्वजनिक सुनुवाई जस्तो कार्यक्रमले जनताका समस्या समाधान गर्न सहयोग पुग्ने र जनभावना सम्बोधन हुने हुनाले यसलाई अझ सशक्त बनाउनुपर्ने बताउनुभयो । वहाँले सडक बाटोको मापदण्ड तोकेर मात्र लगानी गर्नुपर्ने बताउनुभयो । अरगरियाले कर्मचारीले पद अनुसारको काम गर्नुपर्ने, निर्माणमा गुणस्तरका लागि पनि ध्यान दिनुपर्ने लगायतका विषयमा गाउँपालिकाले ध्यान दिनुपर्ने बताउनुभयो ।
गाउँपालिकाका आर्थिक प्रशासन प्रमुख तथा सूचना अधिकारी दिलबहादुर खड्काले योजना सम्झौताको काम अगाडी बढिसकेको र प्राविधिक कर्मचारीको अभावले विगतमा केही गति लिन नसकेकोमा प्राविधिक कर्मचारीको व्यवस्थापन भएकाले सहज भएको वताउनुभयो । वडा कार्यालयहरु सबै स्थानमा खुली सकेकोले जनताले अपेक्षा गरेको सेवा प्रवाह गर्न सफल भएको बताउनुभयो । गाउँपालिकामा कार्य बोझको आधारमा कर्मचारीको अभाव रहेको तर धेरैजसो काम गाउँपालिकाले गर्नुपरेको हुँदा पद तह र आवश्यकता अनुसार कर्मचारी परिचालन गर्ने काम भएको उहाँको भनाई थियो ।
कार्यक्रमा स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका, पशु तथा कृषि विकास लगातका विषयगत शाखाका कर्मचारी वडा अध्यक्ष र सचिवहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नबयुग मिडियाले गरेको थियो । कार्यक्रममा गढी २ का वडा अध्यक्ष अरुण कुमार चौधरी, प्रहरी सहायक निरीक्षक दिलिप खबास, अमिलाल चौधरी, अमिनि थरुनी, ओमनारायण यादव, पत्रकार आषिश यादव, नागरिक समाजका मिना मरिक सहितकाले सवाल जवाफ गर्नुभएको थियो ।

भोक्राहाका मानव अधिकार समूहलाई ज्याकेट र्
जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन ७ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा गठन भएको मानव अधिकार समूहका पदाधिकारीलाई प्रजातन्त्र दिवशको अवसरमा १० थान ज्याकेट हस्तान्तरण गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गठन गरेकोा मानव अधिकार समूहलाई भोक्राहा नरसिंह गाउँपालिकाको सहयोगमा मानव अधिकार समूह लेखिएको ज्याकेट सनिबार प्रजातन्त्र दिवशको अवसरमा पदाधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
गाउँमा सक्रिय रुपमा मानव अधिकार समूहमा लागेर शिक्षा, स्वास्थ्य, खाध्य र आबाशको अधिकारको पक्षमा वकालत गर्दै आएका समूहका पदाधिकारीलाई प्रजातन्त्र दिवशको अवसरमा ज्याकेट हस्तान्तरण गरेको इन्सेक सुनसरीले जनाएको छ । समुहमा आवद्ध भएकाहरुलाई भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनम कुमारी मेहताको पहलमा प्रदान गरिएको ज्याकेट प्रजातन्त्र दिवशको अवसरमा राष्टिय मानव अधिकार आयोग प्रदेश १ कार्यालय विराटनगरका सूचना अधिकारी गिता दाहाल र मानव अधिकार अधिकृत चिरन्जीवि कोईराला, इन्सेक प्रतिनिधि जयकृष्ण यादवले संयुक्त रुपमा १० थान ज्याकेट हस्तान्तरण गर्नुभयो ।
समूहका सेराज हुनेल, बेलाल अंसारी, पुजा मण्डल, अन्जली मण्डल,नईम अंसारी, अकाश मण्डल, पत्रकार अजमल अंसारी सहितका लाई ज्याकेट हस्तान्तरण गरेको जनाएको छ ।
१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा गठन भएको मानव अधिकार समूहका पदाधिकारीलाई प्रजातन्त्र दिवशको अवसरमा ज्याकेट हस्तान्तरण गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

 

राष्टिय मानव अधिकार