हर्सोल्लासका साथ सरस्वती पुजा
२३ माघ २०७८, आईतवार १६:५३
सुनसरी सदरमुकाम इनरुवा सहित विभिन्न स्थानमा विद्यार्थी, शिक्षक तथा शिक्षामा सरोकार राख्नेहरुले हर्सोल्लासका साथ सरस्वती पुजा गरेका छन् । आईतबार विधार्थी वर्गहरु सहित स्थानीयले पनि घरघर र शैक्षिक संस्थामा सरस्वतीको प्रतिमुर्ती राखेर उल्लासका साथ साथ सरस्वती पुजा गरेका छन् । यहाँका विद्यालयहरु बन्द भएपनि विधार्थीहरुले सरस्वती पुजा गरेका छन् । यस दिन विद्याकी देवी सस्वतीको पुजा अर्चना गर्ने भएकाले बन्दका बीचमा पनि पुजापाठ गरिएको स्थानीय शिक्षक देवकृष्ण यादवले बताउनुभयो ।
यता नासा इन्भेस्टमेन्ट प्रालिले पनि सरस्वतीको प्रतिमुर्ती राखेर उल्लासका साथ सरस्वती पुजा गरेको संचालक अरनिन्द मेहताले बताएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया