सरस्वतीको मुर्ती बेचेर तीनलाख आम्दानी
२२ माघ २०७८, शनिबार १७:२८
सुनसरीको इनरुवा नगरपालिका ९ का स्थानीय मुर्तीकार विनोद यादवले माटोको मूर्तिबाट एक सिर्जनमा ३ लाख आम्दानी गर्न सफल हुनुभएको छ । यादवले माटोवाट बनाएको सरस्वती मूर्ति बेचेर यो सिर्जनमा ३ लाख रुपियाँ आम्दानी गर्नुभएको हो । यादवले माटोको मूर्ति बेचेर अफनो जिबिकोपर्जन गरिरहेको समेत बताउनुभयो ।
यादवले सरस्वतीको एउटा मुर्ती तीन हजार देखि ३० हजार रुपियाँसम्ममा बिक्रि बितरण हुने गरेको बताउनुभयो । वहाँले आफू सहितको ४ जना सहयोगीको ज्याल खर्च कटेर ३ लाख रुपियाँ यो सिजनमा आम्दानी गरेको र यसैबाट आफनो घरपरिवार चलाउदै आएको बताउनुभयो । उहाँले यसबर्ष ६८ वटा मूर्ति बनाएको ती सबै मूर्ति बिक्री भइसकेको बताउनुभयो ।
यसबर्ष कोरोना महामारीको कारण थोरै माटोका मूर्ति बनाएको र आउने बर्षमा यसभन्दा धेरै मूर्ति बनाउने सोंचमा रहेको यादवले बताउनुभयो । माटो नेपालको भएपनि अन्य सजावटका सामग्रीहरू र रङ्ग भारतीय बजारमा उपलब्ध हुने भएकोले केही समस्या भोग्नु परेको बताउनुभयो ।
त्यसैगरी इनरुवा ४ का मनोज मेहताले पनि एक सिजनमा कारिगरको खर्च कटाएर दुई लाख ५० हजार रुपियाँ आम्दानी गरेको बताउनुभयो । उहाँकै घरमा मुर्ति लिन पुगेका इनरुवा ५ का नवराज काफ्लेले गतवर्ष जस्तो यस बर्ष भिडभाड नगरी सामाजिक दुरी कायम रहने र सरस्वती देविको आस्थामा रहिरहोस भन्दै सरस्वतीको मुर्ति लिन आएको बताउनुभयो । सरस्वतीको मूर्ति बास, काठ, पराल र काठको धुलो लगायतका सामग्रीबाट निर्माण गर्ने गरेका छन् ।

१, सुनसरीको इनरुवामा मुर्तीकार विनोद यादवले बनाएको सरस्वतीको मुर्ती ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया