स्वर्तकता अप्नाउने तर कडा लकडाउन गर्ने पक्षमा सरकार छैन ः स्वास्थ्यमन्त्री खतिवडा – Nagarikabhiyan : National News

स्वर्तकता अप्नाउने तर कडा लकडाउन गर्ने पक्षमा सरकार छैन ः स्वास्थ्यमन्त्री खतिवडा

सुनसरीका नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनासंग लड्नका लागि स्वर्तकता अप्नाउने तर अनावश्यक लकडाउन गर्ने पक्षमा सरकार नरहेको बताउनुएको छ ।
सोमवार सुनसरी सदरमुकाम इनरुवामा सराकोरबालासंगको भेटघाट कार्यक्रममा बोल्नुहुदै मन्त्री खतिवडाले देशमा विभिन्न लहरका कोराना आएपनि त्यसमा सावधानी, उच्च स्वर्तकता अप्नाउने र नागरिकलाई दुख हुने गरि तत्काल अनावश्यक लकडाउन गर्ने पक्षमा सरकार नरहेको बताउनुएको हो ।
ख्तिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताउनुभयो । उहाँले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने स्पष्ट पार्नुभयो । सरकारले खोपलाई तिव्र पारेको र अझै ९० लाख खोप मौजुदा अवस्था रहेका भन्दै मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले पूर्ण लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताउनुभयो ।
आवश्यत्ता हेरेर खास ठाउँमा मात्रै स्मार्ट लडकाउन वा लकडाउन हुने भन्दै खतिवडाले तत्काल लकडाउनको विषयमा आतंकित हुनु नपर्ने बताउनुभयो । नागरिकलाई असजिलो पर्दा सरकार तयारीका साथ बसेको भन्दै अस्पातल, क्यारेन्टाईन, होल्डिग सेन्टर र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखेको बताउनुभयो । वहाँले खोप कार्यक्रमलाई प्रभावकारी संचालन गर्न निर्देशन समेत दिनुभयो । सोही कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराज यादव, सुरक्षा अधिकारी तथा स्वास्थ्य क्षेत्रका सरोकारबालाले समेत बन्दाबन्दी निकास नभएको सुझाव दिएका थिए ।