श्री आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति सर्वसहमित गठन – Nagarikabhiyan : National News

श्री आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति सर्वसहमित गठन

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका.–२ अकाहाको  श्री आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति सर्वसहमित गठन भएको छ । समितिको अध्यक्षमा स्थानीय राजाराम मेहता निर्विरोध चयन हुनु भएको छ । समिति सदस्यहरुमा जितु पौद्धार, ललिता खत्वे, रेखा मेहता, शिक्षक प्रतिनिधि तेजनारायण साह, पदेश सदस्य वडा अध्यक्ष आलम अंसारी सहित रहेका छन भने सदस्य सचिवमा प्रधानाध्यापक मनोज कुमार मेहता रहनुभएको छ । समितिका अध्यक्ष मेहताले आधारभुत विद्यालयलाई आफ्नै कार्यकालमा माविमा स्तोरोन्ती गर्ने र शैक्षिक गुणस्तर कायम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मेहता सहितको टिमलाई स्थानीय नेता हाजी ईसराई मंसुरी, सुकदेव मेहता लगायतकाले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।