१० वर्षपछि अमेरिकी रकेटबाट अन्तरिक्षमा मानिस पठाउँदै नासा
६ बैशाख २०७७, शनिबार ०८:२६
काठमाडौं । अमेरिकी अन्तरिक्ष अध्ययन संस्था (नासा) ले १० वर्षमा पहिलोपटक मानिससहितको रकेट पठाउने भएको छ । नासाले आगामी मे महिनामा अमेरिकाबाट अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आईएसएस)मा दुई अन्तरिक्षयात्री पठाउन लागेको हो । नासाका अनुसार अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट मे २७ मा स्पेसएक्सले निर्माण गरेको रकेटमा दुई अन्तरिक्षयात्रीलाई आईएसएसमा पठाइनेछ ।
अहिलेसम्म नासाले मानिसहरुलाई अन्तरिक्षमा पठाउन सन् २०११ यता रुसी रकेटको प्रयोग गर्दै आएको थियो । अहिले घोषणा गरिएको मिसन सफल भए एलन मस्कको स्पेसएक्स अन्तरिक्षमा नासाका वैज्ञानिक पठाउने पहिलो निजी कम्पनी बन्नेछ ।
स्रोत : बीबीसी

फेसबुकबाट तपाईको प्रतिक्रिया