आइफोनको लोकेशन हिस्ट्री कसरी पत्ता लगाउने ?
७ पुष २०७८, बुधबार १६:५५
काठमाडौं । तपाई जुन ठाउँमा जानुहुन्छ, त्यो ठाउँलाई तपाइसँग भएको आइफोनले ट्र्याक गरिरहेको हुन्छ । तपाईले आइफोनको लोकेशन हिस्ट्री समेत हेर्न सक्नुहुन्छ ।
एप्पल आइफोनसहित सबै आइफोनमा जीपीएस सेन्सर रहेको हुन्छ जसले तपाईँ गएको हरेक स्थानलाई ट्र्याकिङ गरी सबै विवरण कैद गर्न सक्छ ।
तपाईँसँग भएको आइफोनमा एउटा जीपीएस चिप हुन्छ र यो चिपले एप्पलको आईओएस सफ्टवेयरमार्फत् हाम्रो गतिविधि ट्र्याकिङ भइरहेको हुन्छ । त्यसपछि युवेर जस्ता सफ्टवेयरमार्फत् तपाईँ रहेको वास्तविक स्थानबारे अर्को व्यक्ति ९रिसिपियन्ट०ले थाहा पाउन सक्छन् । त्यस्तै, यसलाई प्रयोग गरेर ‘लोकेशनमा आधारित विज्ञापन’ खोज्न पनि सकिन्छ ।
आइफोनको लोकेशन हिस्ट्री कसरी थाहा पाउने ?
तपाईको आइफोन जुन(जुन स्थानमा पुगेको हुन्छ, ती स्थानको पूर्ण विवरण ९हिस्ट्री० निम्न तरिकाबाट थाहा पाउन सकिन्छस्
-सबैभन्दा पहिला ‘सेटिङ’भित्र रहेको ‘प्राइभेसी’मा जानुहोस् ।
-त्यसपछि ‘लोकेशन सर्भिसेस’ सेलेक्ट (छनौट) गर्नुहोस् ।
-‘लोकेशन सर्भिसेस’भित्र रहेको ‘सिस्टम सर्भिसेस’मा ट्याप गर्नुहोस्रछुनुहोस् ।
-त्यसपछि ‘सिग्निफिकेन्ट लोकेशन्स’ सेलेक्ट गर्नुहोस् ।
‘-सिग्निफिकेन्ट लोकेशन्स’को तलपट्टी ‘हिस्ट्री’ लेखिएको एउटा ट्याब हुन्छ । ‘हिस्ट्री’भित्र रहेका लोकेशन ट्याप गर्नुहोस् । त्यसपछि तपाईँ पुगेका सबै लोकेशन देखिन्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया