सुनसरी बहुमुखी क्याम्पसमा स्वागत कार्यक्रम
२९ मंसिर २०७८, बुधबार १७:३२

इनरुवा÷सुनसरी बहुमुखी क्याम्पस इनरुवामा स्नातक चोथौ वर्षका विद्यार्थीहरुद्वारा नवआगन्तुक स्नातक प्रथम वर्षका विद्यार्थीलाई स्वागत गरिएको छ । दुई सय ८१ जना विद्यार्थीलाई क्याम्पस प्रमुख इनु भट्टराईको हातबाट अबिर र प्राध्यापक बन्धना मेहताको हातबाट दोसल्ला ओढाएर स्वागत गरिएको थियो ।
यो स्वागत कार्यक्रम चार वर्षपछि भएकाले सम्पूर्ण प्राध्यापक र विद्यार्थीमा खुसियाली छाएको छ । स्वागत कार्यक्रम सफलतापूर्वक भएको हुनाले स्नातक प्रथम वर्षका विद्यार्थीहरुले आयोजक समितिलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा नाचगान, सायरी, कविता र नाटकको प्रस्तुति गरिएको थियो । नेपाली, मेथिली, उराँव, भोजपुरी र हिन्दी भाषामा नाचगान, कविता, सायरी र नाटक प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्राध्यापक संघका उपाध्यक्ष परिचय अधिकारी, प्राध्यापक कोषराज पोख्रेल, लीला आचार्य, ईश्वरदेव पन्डित, बन्दना मेहता, आयोजक समितिका व्यवस्थापक सेराज हुसेन, अध्यक्ष नन्दन गुप्ता, उपाध्यक्ष प्रवीण मण्डल, सचिव रोहित साह, कोषाध्यक्ष कविता चौधरीलगायतको उपस्थित रहेको विधार्थी नेता सेराज हुसेनले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया