वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नया सि.टी स्क्यान मेसिन जडान
२९ मंसिर २०७८, बुधबार १६:५८
वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा द्दछट क्ष्अिभ क्षमताको अत्याधुनिक नया सि.टी स्क्यान मेसिन जडान गरिएको छ । मिति २०७८।८।२८ गतेदेखि संचालनमा आउने गरि उक्त मेसिन जडान गरिएको हो । गत असार १६ गतेदेखि पदाधिकारीज्यूहरुको कार्यकक्षमा रहेको तालाबन्दि मंसिर २१ को सर्वाच्च अदालतको आदेशको पालना गर्दै पदाधिकारीज्यूहरुको कार्यकक्षको ताला खुलेपछि यस्ता अड्किएर रहेका कार्यहरु धमाधम हुन थालेका छन । प्रतिष्ठानमा संचालित दुईवटा मेसिन मध्ये एउटा मेसिन बिग्रिएर काममा बाधा आएपछि विगत केहि समयदेखि विरामीहरुको उपचारमा केहि कठिनाई महशुस भैरहेको थियो । उक्त मेसिन जडान भै दुईटा मेसिन संचालनमा आएर विरामीवर्गले सहज सुविधा पाउदा धेैरै राहत महशुस गरिएको छ ।
द्दछट क्ष्अिभ क्षमताको उक्त मेसिन उपत्यका बाहिर नै पहिलो रहेको छ । उक्त मेसिनबाट दु्रत गतिमा स्क्यान गर्न सकिने हुंदा सि टी स्क्यान गर्दा विरामीमा पर्ने विकिरणिय जोखिम पहिलेको मेसिनको तुलनामा अत्यन्तै न्यून रहेको छ । सुक्ष्म भन्दा सुक्ष्मरुपमा गहिराई सम्म स्क्यान गर्नसक्ने साथै स्यानको क्षमता अत्यन्तै गुणस्तिरिय रहेको हुंदा रोगको निदान गर्न निकै सहज हुने छ । उक्त मेसिन नयां प्रविधिको र अत्याधुनिक भएकोले यस्लाई संचालन गर्ने विधिबारे रेडियोलोजी विभागका प्राविधिक कर्मचारीहरुलाई विज्ञबाट तालिम दिने कार्य संगसंगै विरामीहरुको सि टी स्क्यान गर्ने कार्य पनि भैरहेको छ । उक्त मेसिनबाट औसतमा दैनिक ४० जनाको भन्दा बढी विरामीहरुको सि टी स्क्यान गर्ने लक्ष्य रहेको छ । अत्यन्तै सुलभ मुल्यमा सेवाग्रहीले सुविधा पाउनसक्ने उक्त मेसिनबाट प्रतिष्ठानका विद्यार्थीहरुको पठनपाठन तथा अनुसन्धानको कार्यमा पनि टेवा पुग्ने छ । विरामीवर्गले सहज सुविधा पाउन थालिसके पनि हाल उपकूलपतिज्यू प्रतिष्ठान बाहिर रहनु भएकोले उक्त मेसिनको औपचारिकरुपमा हस्तातरण भने हुन बांकि नै छ । औपचारिक हस्तान्तरण भएपछि उक्त मेसिनको औपचारिक उद्घाटन गरिने छ ।
यसैगरि गते मसिंर २३ गतेबाट बिरामीको टिकट वितरण (च्भनष्कतचबतष्यल) मा डिजिटल सेवाको सुरुवात भएको छ । प्रतिष्ठानको मोबाइल एप्लिकेसन मार्फत बिरामी वर्गले अनलाइन टिकट लिन सक्नेछन् । उक्त सेवा पूर्वाञ्चलमा नै पहिलो हो । उक्त प्रविधिले घण्टौ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाएका छन् । यो सेवालाई अझ विस्तार गरि ल्याब परिक्षणका रिपोर्टहरु अनलाइनबाटै हेर्न मिल्ने एवं पेइé तर्फको बिरामी नाम दर्ता समेत यथाशिघ्र संचालन गराउने लक्ष्य रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया