शिक्षक सेवा आयोगद्वारा मावि तहको रिक्त १५४४ पदमा विज्ञापन आह्वान (हेर्नुहोस सूचना) – Nagarikabhiyan : National News

शिक्षक सेवा आयोगद्वारा मावि तहको रिक्त १५४४ पदमा विज्ञापन आह्वान (हेर्नुहोस सूचना)

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहको रिक्त एक हजार ५ सय ४४ शिक्षकको पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ।

आगामी चैत १५ गते परीक्षा सञ्चालन गर्नेगरी आयोगले विज्ञापन आह्वान गरेको हो।
आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिन आयोगले जनाएको छ।
परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ।