मांगलिकदोष समस्या र समाधान – Nagarikabhiyan : National News

मांगलिकदोष समस्या र समाधान

पूर्वीय ज्योतिष शास्त्रमा मंगल दोषलाई मांगलिकदोष, कुज दोष, चेवई दोश जस्ता नामले चिनिन्छ । जव जातकको कुंडलीमा मंगल पहिलो, दोसरो, सातौं, आठौं या बारौं घरमा अवस्थित हुन्छ तव मंगल दोषयुक्त कुण्डली मानिन्छ । मांगलिक कुण्डली भएको अवस्थामा जातकको विवाहमा ढिलाई हुनको साथै विवाहका लागि जटिलताहरुको सामना गर्नुपर्ने देखिन्छ । ज्योतिष शास्त्रमा मंगल ग्रहलाई सबैभन्दा क्रुर ग्रहको रुपमा चिनिन्छ । हाम्रो समाजमा विवाहको कुरो आउनासाथ मांगलिक शव्दको चर्चा परिचर्चा गरिन्छ कि केटा वा केटी मांगलिक त छैनन् । सन्तान मांगलिक हुनु अविभावकको लागि चिन्ताको कारण मानिन्छ । ज्योतिष शास्त्र अनुसार मांगलिक व्यत्तिले अथवा मंगलदोषले युक्त व्यत्तिले विविध समस्याहरुको सामना गर्नु पर्ने हुन्छ, खासगरेर मांगलिक जातकले गैर मांगलिकसँग विवाह वन्धनमा बाधिएको अवस्थामा । मांगलिक र गैर मांगलिक जातकहरुको विचमा विवाह हुनु विनाशकारी संयोग हुनजान्छ । यस्तो व्यक्तिहरुको बीचमा विवाह भएमा उनीहरुको वैवाहिक जिवनमा आनंद, आर्थिक स्थिरता, स्वास्थ्य स्थिति र मानसिक सद्भाव जस्ता विषयहरु निकै कमजोर हुनजान्छ । त्यसैले विवाह हुनुभन्दा अगाडी कुंडली मिलाउने र ज्योतिषीसँग परामर्श लिनु जिवनभरको लागि लाभदायक हुनजान्छ । साथै विविध उपायले दुवै जातको कुण्डलीको आधारमा मंगल दोषको दुष्प्रभावलाई कमगर्न वा नष्ट गर्न सहायक हुनजान्छ । मंगलदोषको प्रभा हाम्रो जीवनमा कत्तिको छ भनेर आफैले आफ्नो जीवनमा घटेका वा भोग्नु परेका समस्याबाट पनि पहिचान गर्न सकिन्छ । मांगलिक दोष भएको अवस्थामा जातकले विविधप्रकारका समस्या भोग्नु पर्छ जस्तै:

—मांगलिक दोष भएको व्यक्तिको विवाहमा ढिलो हुनु ।

—आफ्नो जीवनसंगिनीसँग तालमेल नमिल्नु ।

—वैवाहिक जीवन कष्टकर विताउनु ।

—आफु अनुकूल वा रोजेको जीवनसाथी प्राप्त गर्न नसक्नु ।

—मानसिक समस्याबाट ग्रसित हुनु ।

—आत्मसम्मान र आत्मबलमा कमी हुनु ।

—अनावस्य विषयलाई समस्या मानेर त्यसैमा समय व्यतित गर्नु ।

—अनावस्यक झैझगडामा संलग्न हुनु ।

—अधिक मात्रामा विपरितलिंगिप्रति आसक्त हुनु ।

यस्ता प्रकारका विविध समस्याले घेरिएर मांगलिक दोषले युक्त जातक आफ्नो जीवनलाई निरासाले त्यसै खेर फालेको पाइन्छ । प्रत्येक ग्रहको आ–आफ्ना स्वभाव हुन्छ र स्वभाव अनुसारका विधिविधानद्वार ग्रहलाई आफ्नो अनुकूल बनाउन सकिन्छ । मंगलको प्रभाव वा गंभिरताको आधारमा विविध उपायद्वार शान्त पार्न सकिन्छ । जस्तै:

— कुम्भ विवाह, अर्क विवाह गरेर दोष मेटाउन सकिन्छ ।

— वर र वधु दुवै मांगलिक विवाह गराएमा वा गरेमा दोष मुक्त हुनसकिन्छ ।

—मंगलदोष निवारण पूजाआराधना गरेर दोष मुक्त हुनसकिन्छ ।

—मंगलको मन्त्रको जाप गरेर वा गराएर दोष मुक्त हुन सकिन्छ ।

—मंगल सूक्तको पाठ गरेर वा गराएर दोष मुक्त हुन सकिन्छ ।

—रत्न धारण गरेर दोष मुक्त हुन सकिन्छ ।

—नवग्रह पूजाका साथमा ग्रह स्त्रोत्रको पाठ गरेर वा गराएरु दोष मुक्त हुन सकिन्छ ।

ज्योतिष शास्त्रमा मंगललाई क्रुर ग्रह मानिएको छ र यसको दुस्प्रभाव जातका लागि घातक हुने देखिन्छ । यो पनि स्पष्ट हुनुपर्छ कि मांगलिक दोष हुदैमा जीवनसाथीको मृत्यु वा दाम्पत्य जीवनमा सुखको अभाव हुदैन । मगल ग्रहले दिन फल सदैव विनासकारी हुदैन । विचारणीय विषय के छ भने जन्म कुण्डलीमा अन्य ग्रहहरुको शुभाशुभ योगको पनि अध्ययन सही ढंगले गरेर मात्र निर्णमा पुग्नु उचित हुनेछ ।

                                          ज्योतिष.मुकुन्द मणि भट्टराई        

                                   मो.नं.  9842094494 , 9808066779