न्यायीक शुद्धताको माग गर्दै सुनसरीका कानून व्यवसायी आन्दोलित – Nagarikabhiyan : National News

न्यायीक शुद्धताको माग गर्दै सुनसरीका कानून व्यवसायी आन्दोलित

न्यायिक क्षेत्रमाभएको विसंगतिलाई हटाउन प्रधानन्याधिश चोलेन्द्र शमसेर जबरा बाधक भएकोले बहिर्गमनको माग गर्दै सुनसरीका कानून व्यवसायीहरु आइतबार देखि आन्दोलित भएका छन् ।
सुनसरी बारको प्राङ्गगनमा भेलाभई बिहान ११ बजे देखि १२ बजे सम्महातमाकालो पट्टी बाधेर तथा मुखमा कालो माक्स लगाएर न्याय क्षेत्र भित्रको भ्रष्टाचार, बेथिति, बिचौलिया समेतको न्यायीक शुद्धिकरणको माग गर्दै विरोध जनाएका हुन ।
नेपालबार एशोसिएशनले लामो समय देखि न्यायपालिकामा हुने अनियमितता र इन्साफको विषय वस्तुमा सम्मानीत अदालतको सम्मान, मर्यादा र न्यायका बिचको अन्तरसम्बन्धलाई आघात पुग्ने किसिमको न्यायनिरोपन सेवा प्रवाहमा देखिएका बेथिति विसंगति हटाउन भई रहेको आन्दोलन प्रति एक्यवद्धता समेत जनाएको छ ।
उक्तविरोध सभाका वक्ताहरुले स्वतन्त्र, समक्ष र निष्पक्ष न्यायलयका लागि आम कानून व्यवसायीहरु एक जुट भएर अगाडी बढनु पर्नेमा जोड दिएका थिए । सो विरोध कार्यक्रम कार्तिक ३० गते सम्म नियमित गर्ने समेत जनाएको छ ।
सो कार्यक्रमका वक्ताहरु वरिष्ठ अधिवक्ता हेमराज पोखरेल, अधिवक्ताहरु लखनलाल यादव, अजय चौधरी, इश्वरचन्द्र ढंगेल, आश्वीनी भट्टराई, अशोक मेहता लगायतले स्वतन्त्र न्यायपालय बनाउनका लागि प्रधानन्यायधिश जबराले तत्काल निकास दिनु पर्ने समेतका मन्तव्य राखेका थिए । सो कार्यक्रमको अध्यक्षता सुनसरी बारका उपाध्यक्ष सुमनचन्द्र कार्कीले गरेका थिए ।