कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ – Nagarikabhiyan : National News

कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् । बिहीबार राती विशेष सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले राजधानीको नयाँ बस्तीबाट लामासहित १८ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंकाका अनुसार लामासहितका १८ जना जुवाडेबाट ६ लाख १८ हजार रुपैयाँ नगद पनि बरामद भएको छ ।  लामा यही असोज १९ गते दोलखा कांग्रेस सभापतिमा निर्वाचित भएका हुन् । जुवा खेलाउने काममा सहभागी भएका सागर लामा फरार भएको र उनको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ ।