नेप्सेको प्रमुख कार्यकारीमा आवेदन खुल्यो – Nagarikabhiyan : National News

नेप्सेको प्रमुख कार्यकारीमा आवेदन खुल्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुलेको छ ।

खुला प्रतिष्पर्धामार्फत सीईओ नियुक्तिका लागि सार्वजनिक सूचना जारी गर्दै अर्थमन्त्रालयले दरखास्त आह्वान गरेको हो । योग्य आवेदकहरूलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ ।

तत्कालिन सीईओ चन्द्रसिंह साउदले सेयर खरिद बिवादमा परेर राजीनामा दिएपछि नेप्से कार्यकारी प्रमुख विहीन बनेको थियो । बुक बिल्डिङमार्फत साधारण सेयर निश्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको भेटिएपछि उहाँ बिवादित हुनुभएको थियो ।