वैश्यलाई पनि जनगणनामा एउटा कलष्टरको रुपमा राख्नुपर्ने माग – Nagarikabhiyan : National News

वैश्यलाई पनि जनगणनामा एउटा कलष्टरको रुपमा राख्नुपर्ने माग

सुनसरीका वैश्य समुदायले यही महिना सुरु गर्न लागेको जनगणनामा वैश्यलाई एउटा कलष्टरको रुपमा राख्नुपर्ने माग गरेको छ । वैश्यहरुले नेपाल सरकारले जसरी राष्ट्रिय जनगणनामा ब्राह्मण, क्षेत्रीलाई एउटा कलष्टरको रुपमा देखाएको छ त्यसरी नै वैश्यलाई पनि जनगणनामा एउटा कलष्टरको रुपमा मान्नु पर्ने माग गरेका छन् । यसै विषयलाई वृहत जानकारी दिने उदेश्यका साथ कार्तिक १३ गते शनिबारको दिन नेपाल वैश्य युवा संघ प्रदेश नंः१ कार्य समितिको आयोजनामा बृहत बिचार गोष्ठी एवं हिन्दुहरुको महानचाड शुभ दिपावली तथा छठपर्वको पावन अवसरमा चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजीत गरिएको जनाएको छ ।
संघका सुनसरी जिल्ला इन्चार्ज त्रिलोकनाथ गुप्ताका अनुसार यस कार्यक्रममा पाँच हजार भन्दा बढिको सहभागि ब्यक्तिहरुलाई आमन्त्रण गरिएको छ । कार्यक्रममा आमन्त्रण गरिएको अथितिमा संघीय सांसदहरु, प्रदेश सांसदहरु, मेयरहरु, उप–मेयरहरु, राजनितिदलका नेताहरु, जातिय संघसंगठनका अध्यक्ष प्रतिनिधिहरु रहने जनाएको छ ।
गुप्ताका अनुसार जनगणनामा ब्राह्मण,क्षेत्रीलाई एउटा कलष्टरको रुपमा देखाएको छ र यदि ब्राह्मण क्षेत्रीलाई जात मानेको हो भने वैश्यलाई पनि जात मान्न पर्दछ ।